‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि अन्शु र विराजलाई

जेठ २९, काठमाडौं । ट्रिनिटी मार्केटिङ्ग एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा गरिएको ‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’को उपाधि विराज दाहाल र अन्शु घिमिरेले जितेकी छिन् । 

जेठ २८ गते राष्ट्रिय नाचघरमा भएको ग्राण्ड फिनालीमा दाहालले छैठौं मिस्टर एसईई आइडल र घिमिरेले मिस एसईई आइडलको उपाधि पाएकी हुन् । 

 

null

उक्त आइडल’ को मिस्टरतर्फ फस्ट र सकेण्ड रनरअप क्रमस किरण खत्री र प्रशान्त केसी भएका छन् । 

मिसतर्फ फस्ट, सकेण्ड र थर्ड रनरअप क्रमस सजिना ढुंगेल, प्रतिक्षा थापा र झरना भट्ट भएकी छिन् । 

उपाधि पाएसंगै मिष्टर एण्ड मिस एसईई आइडलका विजयीहरुलाई मंगलबार नै क्राउन, ट्रफी, बुकी, स्यास प्रदान गरिएको थियो । यस्तै विजेताहरुलाई कक्षा ११ र १२ अध्ययनका लागि पुर्ण छात्रबृद्धि प्रदान गरिने बताईएको छ । 

‘छैठौं मिष्टर एण्ड मिस एसईई आइडल’का उपाधि विजेताहरुलाई गत वर्षका विजेताहरुले क्राउन हस्तान्तरण गरेका थिए । 

  

यस्तै विभिन्न विधामा प्रतिस्पर्धिहरुलाई सबटाईटल प्रदान गरिएको थियो । जसलाई निम्न अनुसार उल्लेख गरिएको छः 

TITLE NAME (MISS)MISS TALENT: SAJINA DHUNGELMISS PHOTOGENIC: PRATIKSHYA THAPAMISS FRIENDLY: JHARANA BHATTAMISS CATWALK : SONAM TAMANGMISS DISCIPLINE :AAYUSHMA SHRESTHAMISS STYLIST: JHARANA BHATTAMISS POPULAR: SAJINA DHUNGELMISS MULTIMEDIA: SAJINA DHUNGELMISS CONFIDENT: PRATIKSHYA THAPABEST SMILE: SUSMITA PAHARIBEST HAIR: RASILA GHIMIREBEST PERSONALITY: ANSHU GHIMIRE 

TITLE NAME (Mister)BEST WALK: AMIR GURUNGMR. CONFIDENT: PRASHANT K. C.MR. DISCIPLINE: MANISH BHANDARYMR. POPULAR: AMIR GURUNGMR. PHOTOGENIC: KIRAN KHATRIMR. PUNCTUAL: BISHAL THAPABEST PERSONALITY: KIRAN KHATRIMR. STYLIST: BISHAL THAPAMOST FRIENDLY: KIRAN KHATRIMR. MULTIMEDIA: AMIR GURUNGBEST SMILE: PRASHANT K. C.MR. TALENT: BIRAJ DAHAL 

उक्त फाइनललाई दिनेश डिसिले कार्यक्रम सञ्चालकको भुमिका निर्वाह गरेका थिए भने निर्णायकमा सर्जन विसी, रितिका खरेल, कृती भट्टराई, अमिश ढकाल, बाबुराम अर्याल र कोसिस क्षेत्री रहेका थिए । 

एसईई दिएका छात्र तथा छात्राहरुको सुन्दरता एवं बोद्धिक क्षमताको उजागर गर्न मिस एसईई स्टारको आयोजना गरिएको आयोजक संस्था ट्रिनिटी मार्केटिङ्ग एण्ड इभेन्ट म्यानेजमेन्टकी सिईओ सावित्री ढुंगानाले बताईन् ।काोरियोग्राफर सगुन पाण्डेको मुख्य कोरियोग्राफीमा १ महिनासम्म प्रतिस्पर्धिहरुलाई आयोजकको तर्फबाट वर्कसपमा सहभागि गराईएको थियो र सो पश्चात मंगलबार ग्राण्ड फिनाली गरिएको प्रवन्ध निर्देशक सुधन थापाले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *