बच्चा जन्माएको आधा घण्टापछि अस्पतालमै परीक्षा

 

पश्चिम इथियोपियामा एक युवतीले बच्चा जन्माएको आधा घन्टापछि अस्पतालमै परीक्षा दिएकी छिन् । 

२१ वर्षीय अल्माज डेरेसीले बच्चा जन्माएको आधा घन्टापछि अस्पतालमै परीक्षा दिएकी हुन् । 

null

रमजानका कारण ती युवतीको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भएको थियो । नयाँ तालिका अनुसार उनको परीक्षा र शिशु जन्मने तालिका नजिकै पर्न आयो । परीक्षा सुरु हुनु अगावै उनले बच्चा जन्माइन् । र आधा घन्टापछि आफ्नो परीक्षा अस्पतालमै दिइन् । 

उनले अस्पतालमा नै अंग्रेजी र हिसाबबाहेक स्थानीय भाषाको परीक्षा दिइन् । त्यसको दुई दिनपछि बाँकी परीक्षा केन्द्रमा अन्य परीक्षा दिएकी छिन् । 

अल्माज आफ्नो पढाईका लागि निकै गम्भीर थिइन् । उनले ले आफूले परीक्षा छोड्न नचाहेको प्रतिक्रिया दिँदै भनिन्, ‘गर्भावस्थामा पढ्न मलाई कुनै पनि समस्या भएन र म ग्रेजुएशन पूरा गर्नका लागि अर्को वर्षसम्म प्रतिक्षा गर्न चाहँदैनथेँ । यसै कारण मैले बच्चा जन्माएकै दिन परीक्षा दिएँ ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *