अभिनेत्री प्रियंकाकाे भावुक पोष्टमा श्रीमान् र ससुराकाे यस्ताे कमेन्ट

 

जेठ २९, भारत ।  सोमबार बलिउड नायिका प्रियंका चोपडाका पिता अशोक चोपडाको छैटौं पुण्यतिथी थियो । बुवालाई स्मरण गर्दै उनले इन्स्टाग्रामा एउटा भावुक पोष्ट लेखिन् । उक्त पोष्टमा उनका ससुरा पल केविनले उनलाई सान्त्वना दिँदै मायालु मेसेज लेखेका छन् । 

 प्रियंकाले आफ्नो पिताको पुण्यतिथीमा एउटा पुरानो तस्बिर सेयर गर्दै पितालाई याद गरेकी थिइन् । फोटोसँग उनले क्याप्सनमा लेखिन्, ‘६ वर्ष बित्यो । तर यस्तो लाग्छ कि हामीले हिजो मात्रै तपाईंलाई गुमाएका थियौं । मलाई तपाईंको निक्कै याद आउँछ ड्याड ।’ 

null

यो पोस्टमा उनका ससुरा पलले लेखे, ‘हाम्रो प्रेम तिमीसँग छ, मेरी प्यारी बुहारी । तिम्रो बुवाको स्थान कसैले पनि ओगट्न सक्दैन । तर यहाँ हामी तिम्रो मन नजिक छौं । हाम्रो प्रेम र समर्थन तिमीसँग छ ।’ 

प्रियंकाको ससुराको कमेन्टः 

 

  

निकले पनि गरिन् कमेन्टः 

प्रियंकाको यो पोस्टमा उनका श्रीमान् निक जोनले पनि कमेन्ट गरेका छन् । उनले पोस्टमा हार्ट इमोजी पठाए । एजेन्सी 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *