अचम्म यी युवककाे पेटभित्र भेटिए यतिका धेरै सिक्का

 

जेठ २९ ।  के कुनै मानिसले आफ्नो पेटलाई खुत्रुके बनाउन सक्छ ? सक्दो रहेछ त ! भारतमा एकजना व्यक्तिको पेटबाट ७२ वटा सिक्का फेला परेपछि यस्तो खुलेकाे हाे । 

भारतको महाराष्ट्रस्थित पालघर जिल्लामा एकजना व्यक्तिको पेट सहनै नसक्ने गरी दुख्यो । त्यसपछि उनी पेटको उपचार गर्न भनी अस्पताल गए । अस्पतालमा गएर डाक्टरहरुले उनको पेटको एक्सरे गरी जाँच गर्दा पेटभित्र असामान्य रुपमा धातुजन्य पदार्थहरु रहेको पत्ता लगाए । 

null

त्यसपछि उनको पेटको शल्यक्रिया गरी भित्रको त्यो कडा पदार्थ निकालियो । जब डाक्टरहरुले पेटभित्र रहेका कडा पदार्थहरु बाहिर निकाले, तब उनीहरु अचम्ममा परे । ती व्यक्तिको पेटभित्रबाट ७२ वटा सिक्का निकालिएको थियो । 

कृष्ण सोमलया साम्बर नामक ५० वर्षका ती व्यक्ति दुर्लभ रोग मेटलोफगियाबाट पिडित छन् । यो रोग लागेका मानिसहरुमा धातुजन्य पदार्थ खाने बानी हुन्छ । यो एक प्रकारको मानसिक असन्तुलनको अवस्था हो । सोही कारण कृष्णले लामो समयदेखि सिक्का निल्ने गरेका थिए । जसका कारण उनको पेटभित्र ७२ वटा सिक्का जम्मा भएछन् । 

पछिल्लो २० वर्षदेखि उनी यो रोगबाट पीडित रहेको बताइएको छ । यसक्रममा उनले सुन, चाँदी तथा फलामका धेरै चिजहरु खाइसकेका छन् । स साना टुक्राहरु दिसासँगै बाहिर निस्केपछि ठूला सिक्काहरु उनको पेटभित्रै अड्किए । 

पेटमा ठूलो मात्रामा सिक्का जम्मा भएपछि उनलाई असह्य पीडा हुन लाग्यो र अन्ततः डाक्टरकोमा उपचारका लागि पुगे । डाक्टरहरुले झण्डै ४ घण्टाको शल्यक्रियाबाट उनको पेटमा रहेका ७२ वटा सिक्का निकाल्न सफल भए । एजेन्सी 

  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *