छोराको नाम राख्दा पाँच वर्ष जेल सजाए भएपछी

 

जेठ ३१ । सुन्दा अच्चम लाग्न सक्छ छोराको नाम राख्दा जेल जानुपर्ने भन्दा । तर ब्रिटिस अदालतले एक उग्र दक्षिणपन्थी समूहका सदस्यहरुलाई जेल सजाय भएकाे छ । सजाय दिइएका मध्य एक जोडीले आफ्नो छोराको बीचको नाम एडोल्फ हिटलरको नामबाट ‘एडोल्फ’ राखेका थिए । 

बिरमिनघम क्राउन कोर्टका न्यायाधीश मेलबर्न इनम्यानले ती जोडीमध्य एडम थोमसलाई साढे ६ वर्ष जेल सजायँ सुनाए । भने उनकी पोर्तुगाली प्रेमिका क्लाउडिया पाटाटासलाई पाँच वर्ष । 

null

२२ वर्षे थोमस र ३८ वर्षे पटाटास नव–नाजिवादी नेशनल एक्सनको सदस्यताको कारण मंगलबार सजाय पाउने ६ मध्य दुई व्यक्ति हुन् । उक्त संगठन सन् २०१६ मा बेलायतको आतंकवादी विरोधी कानुन अन्तर्गत प्रतिबन्धित पहिलो उग्र–दक्षिणपन्थी समुह भएको थियो । 

फैसलामा इनम्यानले समुहलाई ‘डरलाग्दो’ उद्देश्य भएको समुह भनेका छन् ।“नेसनल एक्सन गम्भिर हिंसा र हत्यामार्फत नाजिहरुको जस्तो राज्य स्थापना गरेर यो देशको लोकतन्त्र फाल्न चाहन्छ । यस्तो हिंसा र आम हत्याले समाजको सम्पूर्ण हिस्सालाई निर्मुल गर्छ ,”फैसलाको क्रममा इनम्यानले भने । 

इनम्यानले ती जोडिको ‘हिंसात्मक नश्लिय सोचको लामो इतिहास भएको’ बताए । नेसनल एक्सनका सदस्यता बापत सजाय पाउने अन्य सदस्यमा यी जोडीका नजिकको मित्र डेरेन फ्लेचर छन् । उनले नेसनल एक्सनसँगको आफ्नो सदस्यता स्वीकारे छन् । २८ वर्षे फ्लेचरले आफ्नी छोरीलाई नाजीहरुले गर्ने स्यालुट सिकाएका थिए । 

उनलाई ५ वर्षको जेल सजाय दिइएको छ । त्यस्तै सजाय पाउने अन्य सदस्यमा २७ वर्षे ड्यानियल बोगुनोभिक छन् । उनलाई ६ वर्ष ४ महिनाको सजाय दिइएको छ । दुई अन्य व्यक्तिमा २४ वर्षका साइबर सुरक्षा श्रमिक जोइल विलमोर र भ्यान ड्राइभर २६ वर्षे नथन प्रिक छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *