तपाइको यो सप्ताह

आज २०७६ साल असार १४ गते शनिवार, तदअनुसार जुन २९ ,२०१९तपाइको यो सप्ताह (असार १४ देखि २० गतेसम्म) मेष मनमा हर्ष,उमङ्ग र उत्साह रहला । कसेकसैका लागि विवाहको योग छ भने कसैको नयाँ घर सर्ने योजना पूरा हुनसक्छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । चिताएको कामले तीव्रता लिनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको ध्यान गरी आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ । 

वृष व्यस्त दिनचर्या कायम हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । अपरिचित व्यक्तिसँग छिटो विश्वासमा पर्नाले आर्थिक नोक्सानी हुन सक्छ । साताको मध्यबाट हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानको स्मरण गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । 

मिथुनकतै घुमघाम तथा धार्मिक यात्रामा जाने अवसर मिल्नसक्छ । प्रेमका कोपिलाहरु पक्रियर जानेछन् । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसित पनि मेलमिलाप हुनेछ । नवीन वस्त्र प्राप्तिको योग छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग रहेको छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

null

कर्कटशुभकार्यको चर्चा चल्नेछ । खुसीको खबर सुन्न पाउनु हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तलारङ्ग वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शनगरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ । 

सिंहदूरदराजमा रहेका आफन्त थवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वित्तिय संस्था बाट सहयोग पाईनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग रातो वा केशरी हो । कुन शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महागौरीको पूजा गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । 

कन्यारिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने समय छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मध्य सातामा पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । आफ्नो इच्छानुसार काम गर्ने मौका मिल्नेछ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ । 

तुला बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । पुराना साथीभाइसित भेटघाट र रमाइलो गरिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवदुर्गाको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

वृश्चिक प्रायस् सबै काम आफ्नै इच्छा एवं निगरानीमा सम्पन्न हुनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । 

धनु पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । धार्मिक मठ–मन्दिरको भ्रमण हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । मध्य सातामा गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत र प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग सेतो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुपूर्व अघि लक्ष्मीजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । 

मकरमहत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नसक्छ । यात्राका क्रममा सचेतता अपनाउनु राम्रो हुनेछ । साताको अन्त्यबाट साथीभाइसित भेटघाट गर्ने अवसर जुट्नेछ । रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु अघि मीन बगलामुखी माताको आरधना गरी यात्रा गर्नाले अधिक लाभ मिल्नेछ । 

कुम्भभोज तथा मनोरञ्जनको निम्तो हात लाग्न सक्छ । काम गर्ने जाँगर बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । मनमा हर्ष, उल्लास र आनन्दको वातावरण प्राप्त हुनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनसक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हल्का पहेंलो वा आकासे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । 

मीनलामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग खैरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महाकलीजीको आरधना गर्नाले अधिक सफलता हात पर्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल) 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *