‘८३’ फिल्मकाे लागि बलिउड दिपिकाले लिइन् यती मंहगाे पारिश्रमिक

 

असार २, भारत ।  बलिउड अभिनेत्री दीपिका पादुकोण ‘८३’ फिल्मको लागि लण्डन पुगेकी छिन् । यो फिल्ममा रणवीर सिंहको मुख्य भुमिका रहेको छ । यो फिल्म मार्फत दीपिका र रणवीर चौथो पटक स्क्रिन सेयर गर्दैछन् । 

फिल्ममा रणवीर पूर्व भारतिय क्रिकेट कप्तान कपिल देवको भुमिका निभाउदै छिन् । दीपिका उनको पत्नी रोमी भाटियाको भुमिकामा देखिदैछिन । यो फिल्ममा दीपिकाको दमदार भुमिका छैन । तर पनि उनले १४ करोड भारतिय रुपैयाँ पारिश्रमिक लिएकी छिन् । 

null

उनले १४ करोड पारिश्रमिक लिएसँगै भारतिय मिडिया तातेको छ । नायिकाको लागि यो महंगो पारिश्रमिक हो । भारतिय मिडिया अनुसार, दीपिकाले पहिला फिल्मको खेल्न अस्विकार गरेकी थिइन् । १४ करोड पारिश्रमिक पाएपछि फिल्म खेल्न तयार भएकी हुन् । 

यो फिल्मको लागि रणवीरले क्रिकेटको ट्रेनिङ लिएका छन् । सन् १९८३ मा भारतिय क्रिकेट टिमले पहिलो पटक वल्र्ड कप जितेका थिए । फिल्ममा भारतिय टिमको संर्घषलाई देखिइने छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *