हर्ट अट्याक हुनु अगावै यी संकेतहरु शरिरमा देखा पर्छन्

 

जेठ २९ ।  आजभोली हृदयघात (हर्ट अट्याक) हुनु भनेको निर्मल जस्तो भई सक्यो । यो रोगका कारण दैनिकी धेरै व्यक्तिहरुको मृत्यु भई रहेकाे छ । 

यो एउटा दिनानु जटिल बन्दै गईरहेको राेग हाे । यो रोग जो कोहीलाई नि लाग्न सक्छ यो रोगले सानो–ठूलो, बालक बृद्ध केही भन्दैन । हर्ट अट्याक हुँदा मुटुका केहि हिस्साले काम गर्न छोड्छन् जो फेरि ठिक हुने सम्भावना अत्यन्तै न्यून हुन्छ । जसका कारण हर्ट अट्याक पछि जुन सुकै समयमा पनि ज्यान जान सक्छ । तर हर्ट अट्याक हुन अगावै शरिरमा केही संकेत देखा पर्छन् ती संकेतहरु के–के हुन सक्छ तल लेखिएको छ । 

null

सास फेर्न अप्ठेरोसास फेर्न गाह्रो हुनु भनेको तपाईंको फोक्सोमा पर्याप्त अक्सिजन नपुगेको हो र धमनी ब्लक भएको संकेत हो । सास फेर्न गाह्रो हुने काम नियमित भइरह्यो भने खतराको घन्टीका रूपमा बुझ्नुपर्छ । 

छातीमा दबाबछाती बाउँडिएर आउनु भनेको हृदयघातको चेतावनी हो । मुटु बेस्सरी धड्किने र छाती, पिठ्युँ, दाह्रा, घाँटी, पाखुरा वा माथिल्लो पेट दुख्ने गरेमा पनि हृदयघात हुन सक्छ । 

कमजोरीतपाईं कमजोर र ऊर्जाहीन महसूस गरिरहनुभएको छ भने तपाईंका मांसपेशीले पर्याप्त अक्सिजन नपाएको लक्षण हो । हृदयघातको पहिलो चेतावनी हो यो । 

चक्कर र चिसो पसिनायस्तो लक्षण देखियो भने तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ । बेस्सरी पसिना चुहिनु हृदयघातको प्राथमिक लक्षण हो र दिमागमा अक्सिजन नपुग्दा यस्तो हुन जान्छ । 

रुघा र ज्वरोजाडोमा रुघा लाग्नु र ज्वरो फुट्नु स्वाभाविक हो । तर धेरै मान्छेलाई हृदयघातको एक महिना अघि यस्ता लक्षण देखिन्छन् भन्ने थाहै छैन । खोक्दा शरीरको रक्तसञ्चार सहज हुन्छ । 

थकान 

कहिलेकाहीँ थकित हुनु त सामान्य हो । बेस्सरी काम गर्ने सबैलाई थकान त लागिहाल्छ । तर ससानो काम गर्दा पनि थकाइ लाग्न थाल्यो भने बुझ्नुस्, मुटुलाई दबाब पर्दैछ । मुटुले पर्याप्त मात्रामा रगत पाइरहेको छैन र हृदयघात हुन सक्छ भन्ने लक्षण हो यो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *