शरिरका यी अंगमा परफ्युम लगाउँदा खतरा

 

असार १० । हाम्रो शरिरमा सुगन्ध छाई रहोस अथवा शरिरको दुर्गन्ध रोकिएयो भनेर हामी हाम्रो शरिरकाे बिभिन्न अंगमा परफ्युम लगाउने गर्दछौँ । परफ्युम शरिरको बिभिन्न अंग जस्तै नाडी, कान, गला, काखीकाे मुनी छर्की हाम्रो शरिरलाइ बासनदार त बनाउँछाै तर हामीले हाम्रो अंगहरुमा परफ्युम लगाउँदा ध्यान दिनुपर्ने हुन्छ । परफ्युम केमिकलयुक्त भएको हुनाले शरीरको संवेदशील अंगमा यसको प्रयोगले नकरात्मक असर पुर्याइ रहेको हुन्छ । 

कतिपय अंगमा लगाइएको परफ्युमले हाम्रो स्वास्थ्यलाई नकरात्मक असर पुर्याइ रहेको हुन्छ । शरीरको कुन कुन अंगमा परफ्युमको प्रयोग र कसरी  गर्दा स्वास्थ्यलाई नकरात्मक असर पुर्याउछ तल बताईएको छ । 

null

कानको पछाडीसामान्यताः महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील भाग हो । र, यो भाग सुख्खा पनि हुन्छ । परफ्युम सुख्खाभन्दा चिल्लो छालामा धेरैबेर टिक्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । 

कपालमा प्रयोग गर्नुअघि कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ । 

नुहाउने वित्तिकै नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस् । जसले छालाका छिद्र खुलाउँछ । त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ । 

काखीमूनी कहिल्यैपनि सीधा काखीमूनी परफ्युमको प्रयोग गर्नुहुँदैन । शरीरको संवेदनशील भाग मध्ये काखीमूनीको भाग पनि संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने र पोल्ने समस्या उत्पन्न हुनसक्छ । 

प्राइभेट पार्टको आसपास यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ । 

कपडा र गहनामा लगाउँदा महिलाहरु कपडा र गहनामा  परफ्युम लगाउँने गर्छन् । तर, परफ्युमको प्रयोगले कपडा र गहनामा खराबी आउँछ । 

हातमा लगाएर रगड्न हुँदैन धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ । तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन । त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *