कसले गर्यो अमिताभ बच्चनको ट्वीटर ह्याक ?

एजेन्सी । बलिउडका अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट सोमबार राती ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको जिम्मेवारी लिएकाे छ । अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग जोडिएको केही सन्देश पोस्ट भएको थियो । 

 

अकाउन्ट ह्याक भएपछि अमिताभको अकाउन्टको प्रोफाइल बदलिएको थियो । अभिताभको फोटोको ठाउँमा इमरान खानको तस्बिर राखिएको थियो । लेखिएको थियो, – ‘एक्टर…. हेर त केही मानिसहरु पाकिस्तानलाई यसरी माया गरिरहेका छन् ।’ 

null

अमिताभ ट्वीटरमा खास सक्रिय हुन्छन् र उनको ३ करोड ७४ लाख फलोअर्स छन् । अहिले ट्वीटर एकाउन्टलाई रिकभर गरिएको छ र ट्वीट डिलिट गरिएको छ । अमिताभको ट्वीटर अकाउन्ट ह्याक भएपछि मुम्बई प्रहरीका जनसम्पर्क अधिकारीले साइबर युनिट र महाराष्ट्रको साइबर टिमलाई यसबारेमा जानकारी गराएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *