पोखरा महानगरपालिकामा लगाइएको ताला खोलियो

असार १३, कास्की । पोखरा महानगरपालिकाको मुल गेटमा लगाइएको ताला खोलिएको छ ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष लगायतका प्रतिनिधिहरुले बिहीबार ताला लगाएका थिए । आजदेखि महानगरको काम ठप्प पारिदिने चेतावनी समेत दिइएको थियो ।
null
महानगरपालिकाका नेतृत्व र असन्तुष्ट जनप्रतिनिधिबीच वार्ता भई वडागत रुपमा अत्यावश्यक योजनाहलाई थपघट गर्न सकिने सहमति भएपछि शुक्रबार ताला खोलिएको हो ।
महानगरपालिकाले आज बिहान पत्रकार सम्मेलन गरी छलफलबाटै समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै असन्तुष्ट पक्षलाई वार्तामा आउन आह्वान गरेको थियो ।
असन्तुष्ट पक्षले आज पनि तालाबन्दी गरी प्रदर्शनको तयारी गरिरहँदा नगरपालिकाका प्रमुख मानबहादुर आफैँ गेटमा पुगी भित्रै गएर वार्ता गर्न आग्रह गरेपछि ताला खोलिएको हो ।
महानगरपालिकाले आगामी वर्षका लागि ल्याएको बजेट बहुमतले पारित गरेपछि कांग्रेस पक्षका जनप्रतिनिधहरुले हिजो दिनभर गेटमा तालाबन्दी गरी प्रदर्शन गरेका हुन् ।








