पसिना गन्हाएर हैरान हुनुहुन्छ ? त्यसाे भए यसाे गर्नुहाेस्

 

असार ४, काठमाडौँ । गर्मी याम लागेसगैँ पसिना आएर धेरैलाई सताउछ। गर्मीयाममा अलि बढी हिन्डुल गर्ने बितिक्कै असिना-पसिना हुन्छ। 

पसिना आउनु प्राकृतिक प्रक्रिया हो। धेरै जसो ब्यक्तिको पसीना गन्हाउने हुन्छ। कतिपय व्यक्तिको त शरीरबाट निस्किने पसिनाको दुर्गन्ध खपी नसक्नु नै हुन्छ। केही व्यक्तिलाई बढी पसिना आए पनि गन्हाउँदैन, कसैलाई कम पसिना आए पनि त्यो अति गन्हाउने हुन्छ। 

null

यसकै कारण कसैका अघि लज्जित हुनुपर्ने अवस्थालाई भने केही निश्चित प्रक्रिया अपनाएर धेरै हदसम्म कम गर्न सकिन्छ। 

पसिना आफैंंमा गन्हाउने नभए पनि छालामा भएको ब्याक्टेरियाले नराम्रो गन्ध उत्पन्न गर्छ। दुर्गन्धबाट बच्न शरीरको सफाइ आवश्यक छ। पसिनासँगै शरीरबाट अनावश्यक अमोनिया, प्रोटिन, त्रोसो, अम्ल र नुनसमेत बाहिर आउने गर्छ जसले विशेष प्रकारको दुर्गन्ध उत्पन्न हुन्छ ।’ 

गर्मी याममा प्रायः सबैलाई पसिना निस्किन्छ । बढी शारीरिक श्रम गर्ने व्यक्तिलाई गर्मी याममा बढी पसिना निस्किन्छ । पसिना निस्केर सुकेपछि छालामा युरिया र नुनजस्तो तत्त्व रहिरहन्छ । यही तत्त्वले आकषिर्त गरेर दुर्गन्धको कारण बन्ने गर्छ । यी तत्त्वहरूलाई छालाबाट तुरुन्त नहटाउँदा बिमिरासमेत उत्पन्न गर्छ । 

शरीरको काखी, तिघ्राको काप आदिबाट पसिना बढी आउँछ । त्यहाँ प्रोटिन र तेल बढी निस्किँदा ब्याक्टेरिया छिट्टै हुर्किन्छ । कापमा आद्रता बढी हुनु, हावाको प्रवाह नहुने भएकोले बढी मात्रामा दुर्गन्धको अनुभव हुन्छ । पसिनाको दुर्गन्ध समस्या भएकाले पेट सफा राख्नुको साथै हलुका खाना, प्रशस्त पानी पिउनुपर्छ । यस्तै पसिनाको समस्या भएकाहरू दिनहुँ दुई पटक नुहाउनाले ब्याक्टेरियाको बृद्धीलाई घटाउन सकिन्छ । 

पसिनाको समस्या भएकाले नुहाउँदा डिटोल, युडी कोलोन, खस, गुलावजल जस्ता वस्तुको केही थोपा पानीमा हालेर नुहाउनु लाभदायक हुन्छ । दिनहुँ सफा गरिएको नयाँ लुगाको प्रयोगसँगै भित्री लुगा, मोजा लगायत अन्य लुगाफाटो हरेक दिन बदलनाले समेत पसिनाको दुर्गन्धमा कमी आउँछ । 

खुट्टा, काखी, तिघ्राको कापलाई दिनहुँ सफा गर्दा दुर्गन्धमा कमी ल्याउन सकिन्छ । ती ठाउँमा एन्टि- फंगल/ब्याक्टेरियल पाउडर लगाउँदा समेत राहत मिल्न सक्छ । काखी, तिघ्राको काप, थाई, गर्घन, छाती छेउछाउ दिनहुँ राम्ररी साबुनपानीले धुँदा उपयुक्त हुन्छ। एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =