‘सरकारले सांसदलाई ६ करोड दिनु भनेको निरिहता हो’ डा. लाेहनी

 

काठमाडौं, १८ जेठ । मुलुकको आर्थिक अवस्था असन्तुलित भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले टिप्पणी गरेका छन् । बजेटले आर्थिक असन्तुलन ल्याउने लोहनीले जिकिर गरे । ‘अर्को ६–७ महिनाभित्रै बजेट परिमार्जन हुन्छ ।’ उनले भने । 

शनिबार साक्षात्कारमा बोल्दै डा. लोहनीले यस्तो बताएका हुन् । ‘अहिलेको बजेटमा खर्च वृद्धि भएको छ । यो बजेटले खर्चलाई काबुमा राख्न सकेको छैन् । लगानी वृद्धि हुन सकेको छैन् ।’ उनले भने । साक्षात्कारमा बोल्दै उनले वर्षभरिको राजश्वको आम्दानीले वर्षको खर्च धान्न सक्ने अवस्था नरहेको स्पष्ट पारे । वर्तमान सरकारको यो एक वर्षको अवधिमा भएको क्रियाकलापले वैदेशिक लगानी आउने लक्षण नरहेको पनि उनको दाबी छ । 

null

लोहनीले बजेटले मुलुकका मूल समस्याहरुलाई सम्बोधन गर्न नसकेको आरोप लगाए । ‘अहिले राजश्व दुरुपयोग भैरहेको छ । भ्रष्टाचार दिनदिनै बढिरहेको छ । आर्थिक अनुशासन छैन । यी सबै कुरालाई नियन्त्रण गर्ने लक्षण देखिएन ।’ उनले भने । 

सरकारले भ्रष्टाचारलाई शुन्यमा झार्ने भनेर दाबी गरेपनि व्यवहारमा त्यो नदेखिएको उनको टिप्पणी छ । उनले भने, ‘वाईडबडी जहाजमा ५ अर्बको भ्रष्टाचार भएको छ । तर, सरकारले अहिलेसम्म जाँचबुझ आयोग बनाएर अलमलाउने काम गरेको छ । यसबाट पनि देखिन्छ कि सरकारले भ्रष्टाचारमा कति शुन्य सहनशिलता अपनाएको छ भनेर ?’ 

त्यस्तै, उनले नेपालमा अर्को मुख्य समस्या भनेको औकातभन्दा बढि खर्च गर्ने काम भएको पनि गुनासो पोखे । सरकारले सांसदलाई दिने पैसा खारेज गनुपर्नेमा पैसा दिएकोमा उनले आक्रोश पोखे । 

‘सरकारले सांसदलाई ६ करोड दिनु भनेको निरिहता हो। यो सरकारलाई कोही मन्त्री रिसायो ? वा सांसद रिसायो भने केही हुनेवाला त थिएन, किनकी यो सरकार बलियो सरकार हो । स्थिर सरकार हो ।’ उनले भने । सरकारले खर्चमा कडाई गर्नुपर्ने उनको भनाई छ । पुँजीगत खर्च ४० प्रतिशतभन्दा बढि हुन नसकेकोमा उनले दुःखेसो पोखे । 

लोहनीले भने,‘मुलुकमा यतिवेला आर्थिक अनुशासन छैन । जनतामा उत्साह हैन दिनदिनै आक्रोश बढ्दै गएको छ । यदि यही गतिमा आक्रोश बढ्दै गयो भने मुलुकले थेग्न सक्दैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *