सलमानले लगाए आफ्नै सेक्युरिटीको गालामा झापड !

 

जेठ २४, काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नै सेक्युरिटीलाई झापड लगाएका छन् । 

मुम्बईको एक मलमा आफ्नो चलचित्र ‘भारत’ को प्रिमियर शो मा उनले सेक्युरिटीको गालामा झापड हानेका हुन् । 

null

प्रिमियर शो मा सलमान जानेबित्तिकै चारैतिरबाट फ्यानले घेरेका थिए । सोही समयमा भिडलाई नियन्त्रण गर्ने क्रममा सेक्युरिटीले एक सानो बच्चासँग दुव्र्यवहार गरेपछि सलमानले झापड हानेका हुन् । 

यतिबेला इन्टरेटमा यही घटनाको भिडियो भाइरल भइरहेको छ । भिडियोमा मलमा सलमानलाई हेर्न फ्यानहरुको घुइँचो लागेको छ । भीडलाई हटाउँदै सेक्युरिटी गार्डहरु बाटो बनाइरहेका छन् । त्यसैबीच सलमानले रिसले सेक्युरिटीमा खटिएका एक जना गार्डलाई झापड हानेका छन् । 

उक्त घटनाको भिडियो रेकर्ड सार्वजनिक भएलगत्तै सलमानका फ्यानहरुले उनको मन धेरैै ठूलो रहेको भन्दे प्रशंसा गरेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *