असोज ३ मा तिन नेपाली चलचित्रको भिडन्त

जेठ १७, काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा केही समय यता २ या ती चलचित्र एकै साथ जुध्ने क्रम बढ्दै गईरहेको छ । यसै क्रमलाई जारी राख्ने असोज ३ मा फेरी तिन नेपाली चलचित्र जुध्ने भएको छ । 

यी एकसाथ जुध्न लागेका चलचित्र हुन् ‘लभ डायरिज, सरौतो र घामद शेरे’ । दशैंमा चलचित्र हेर्न दर्शकको बढी हुल हुने लक्ष्य लिएर यी तीन चलचित्रको प्रर्दशन मिती एउटै राखिएता पनी केही समय देखी यसरी दुई या तीन चलचत्र चलचित्रको प्रर्दशन मिती एउटै हुँदा निर्देशक तथा निर्माताहरुले घाटा नै व्यहोर्दै आई रहेका छन् । 

यसरी दुई वा तीन चलचित्र एकसाथ जुधाउँदा घाटा भएता पनी यो चलचित्र जुध्ने जुधाउने क्रम भने रोकिन सकेको छैन । 

null

 

‘लभ डायरीज’ प्रेम र कमेडीलाई समावेश गरी बनाईएको चलचित्र ‘लभ डायरीज’ लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यस चलचित्रको कथाले युवायुवती बीचको माया प्रेम र कमेडीलाई प्रस्तुत गर्न खोजिएको छ । 

मुख्य पात्रको रुपमा नायक सुशिल र नव नायिका रुविनालाइ देखाए पनि उनीहरु सँगै विश्वजित रिमाल, विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीे लगायत कलाकारको अभिनय रहेको छ । 

चलचित्रको नायक शुसिललाई विदेशी मोजमस्ती रमाउने एक विग्रिएको ठिटोको रुपमा चित्रण गरिएको छ । 

 

घामट शेरे ‘घामट शेरे’ निर्देशक हेमराज बीसीको निर्देशनमा तयार भएको भएको चलचित्र हो ।  

यस चलचित्रमा मुख्य भूमिका नायक तथा निर्देशक निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काको रहेको छ । 

रियल लाईमा श्रीमान् श्रीमती रहेका यी जोडीलाई यस चलचित्र मार्फत रिल लाईभमा पनी श्रीमान् श्रीमतीको भूमिका देख्न पाईनेछ । 

निकै नै आकर्षित देखिने यी जोडीलाई चलचित्रमा एकसाथ काम गर्न धेरै प्रस्तावहरु आएपनी उनीहरुले राम्रो स्कृप्ट नभएको भन्दै चलचित्रहरुको प्रस्तावहरु अस्विकार गर्दै आईरहेका थिए । तर ‘घामट शेरे’ को स्कृप्ट पढेपछी उनीहरु यस चलचित्रमा खेल्न राजी भएका हुन् । 

सामाजिक विषयवस्तु समेटेर बनाईएको ‘घामट शेरे’ मा निश्चल, स्वस्तिमाका साथै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनी अभिनय रहेको छ । 

 

सरौतोचलचित्र ‘सरौतो’ हरि हुमागाँइको डेब्यू निर्देशनमा तयार पारिएको चलचित्र हो । 

एक्सनले भरिपूर्ण यस चलचित्र थ्रिलर कथालाइृ आधारित राखिएको निर्माण गरिएको हो । विराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ फिल्मस् एण्ड ग्लिटर फिल्मस् स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा सिर्जना जोशी र लक्ष्मीकुमारी तामाङ कार्यकारी निर्माता छन्। 

यस चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, पराकर्म पीजेबी राणा, सम्पदा दाहाल, सुवाङ्गम शाह, लियो ट्यांक, मैषा पुन मगर, प्रतिक दुलाल र मनोज तामाङ लगायत कलाकारको को अभिनय रहेको छ। 

यस चलचित्रमा दर्शकले सुमीको एक्सन रुप देख्न पाउनेछन् । यस चलचित्रको मिति असोज ३ भनेर केही दिन अघीमा यस चलचित्रको प्रर्दशन मिति तोकिएको हो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *