यस कारण माधुरीको डान्स पर्फेक्ट

 

असार ८ ।  बलिउडकी धक–धक गर्ल माधुरी दीक्षितले अभिनय र नृत्यबाट दर्शकको मन जितेकी छिन् । उनको फ्यान फलोइङ एकदमै राम्रो छ । उनले ३ वर्षको उमेर देखि नै कथक डान्स ट्रेनिङ्ग लिएकी थिइन् । माधुरीले ८ वर्षको उमेरमा स्टेज परफर्मेन्स दिएकी थिइन् । 

माधुरीले डान्स रियालिटी शो ‘डान्स दिवाने सीजन २’ को सेटमा आफुले तीन वर्षको उमेर देखि डान्स सिक्न थालेको खुलाएकी छिन् । उनले मनस्वी नामकी प्रतियोगीको डान्स हेरेपछि आफ्नो बालापनको याद आएको बताउँदै भनिन्, ‘मनस्वीलाई हेर्दा मेरो बालापन याद आयो । मेरो जीवनमा डान्स क्लासले निकै ठूलो योगदान पुर्याएको छ । मैले तीन वर्षको उमेरमै कथक डान्स ट्रेनिङ्ग लिन सरु गरेको थिए । 

null

८ वर्षको उमेरमा स्टेज परफर्मेन्स दिएको थिए । मलाई डान्स मार्फत अगाडी बढाउनु भएकोमा मेरी आमालाई धन्यावाद व्यक्त गर्न चाहन्छु ।’ माधुरीलाई मनस्वीको डान्स निकै मन परेको समेत बताइन् । मनस्वीले १ वर्षको उमेरमै डान्स सिक्न सुरु गरेकी थिइन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *