टिभी क्विन एकताकाे बिवाह नहुनुकाे कारण पिता जितेन्द्र

 

जेठ २४, काठमाडाैँ ।  टिभी क्विनको रुपमा परिचित एक कपुर जुन ७ मा आफ्नो ४४ औं जन्मदिन मनाइरहेकी छिन् । एकता कपुर ४० पार भइसक्दा पनि सिंगल छिन् । एकता कपुरले एक अन्तरवार्तामा अहिलेसम्म विवाह नहुनुको कारण खुलाएकी छिन् । 

४४ वर्षे एकता कपुर बलिउड नायक जितेन्द्रकी छोरी हुन् र तुषार कपुरकी दिदी । उनले कसौटी जिन्दगीकी, कहानी घरघरकी, क्योंकी सास भी कभी बहु थी, नागिनजस्ता टेलिसिरियल बनाएकी छिन् । 

null

एकताले विवाहको मामलामा सलमान खानको कदम पछ्याएको बताउने गरेकी छिन् । 

एकतालाई एक अन्तरवार्तामा कहिले विवाह गर्ने भनेर प्रश्न सोध्दा उनले जवाफ दिएकी थिइन्, ‘सलमान खानको विवाह भएको दुई वा तीन वर्षपछि ।’ यस्तै, अर्को अन्तरवार्तामा एकताले पिताको एक शर्तका कारण आफूले विवाह नगरेको पनि बताएकी थिइन् । 

एकता कपुरका अनुसार उनका पिताले विवाह गर्ने कि काम भनेर शर्त राखेका थिए । बुवाको शर्तपछि आफूले कामलाई छानेको बताइन् । विवाह गर्न नचाहने भएकाले आफूलाई काम छानेको उनले बताइन् । 

एकताले अर्को एक अन्तरवार्तामा भनेकी थिइन् ‘मेरा जुन साथीहरुको विवाह भएको थियो, उनीहरु अहिले सिंगल छन् । मैले पछिल्लो केही वर्षमा थुप्रै सम्बन्धविच्छेद देखेकी छु ।’ 

एकताले आफूलाई बच्चा चाहेको तर विवाह गर्न रुची नभएको बताएकी पनि थिइन् । स्मरण रहोस्, एकता कपुर यसै वर्ष सरोगेसीमार्फत् आमा बनेकी छिन् । एकताले आफ्नो छोराको नाम रवि कपुर राखेकी छिन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *