थानकोटमा १० लाख बराबर मुल्यको कपडा बरामद

काठमाडौं, ७ असार । महानगरीय प्रहरी प्रभाग नागढुंगाले भन्सार छली गरि ल्याएको कपडा बरामद गरेको छ । राजधानी भित्रने मुख्य नाकामा चेक जाँचको क्रममा छुटाछुटै सवारी साधनबाट करिव १० लाख ७१ हजार मुल्य वरावरको भन्सार छली गरि ल्याएको कपडा बरामद गरेको हो । 

महानगरी प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले नेपालगंजबाट काठमाण्डौ तर्फ आइरहेको ना ६ ख ७८९२ न।को बसमा चेकजांच गर्दा ५ ओटा बोराहरुमा बिभिन्न रङको लेडिज कपडा टप्स कुर्थाहरू ८३३ थान,२ ओटा बोरामा ३४ रोल ६८० मिटर १ बोरामा जाली कपडा १३ रोल ५२० मिटर कपडा फेला बताउँनु भयो । 

 

null

थानकोट प्रहरी प्रमुख थापाका अनुसार नेपालगंजबाट काठमाण्डौ तर्फ आइरहेको ना।६ ख १२८९ नम्वरको बसमा चेकजांच गर्दा बिभिन्न रङको लेडिज कपडा टप्स कुर्थाहरू ५८५ थान, १ बोरामा जेन्स सट ७५ थान, बेल्ट २४ थान, जेन्स हाप पाइन्ट ५९ थान बरामद गरिएको बताउँनु भयो । 

बृत्त प्रमुख थापाले भन्नु भयो, ‘‘हामीले चेक जाँचको क्रममा संकास्पद बिल देखिएको र सामानको धनि समेत साथमा नरहेको बेबारीसे अवस्थामा फेला परेको छ, आबश्यक कारवाहीका लागी राजश्व अनुसन्धान बिभाग पठाईएका छौं ।’’ 

यसरी नेपालका कतिपय व्यपारीहरुले भारतबाट यसरी नै भन्सार छलि गरी भारतीय सामग्रीहरु आयात गर्ने गरेका छन् । पछिल्लो समय थानकोट बृत्तले विभिन्न गस्ती गरी निगरानी गर्ने काम गरिरहेको प्रहरीको दाबी छ । थानकोट बृत्तकाका अनुसार बरामद गरिएको विभिन्न कपडाकोे मुल्य करिव १० लाख ७१ हजार रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =