विश्वका सुन्दर महिलाको सूचीमा एक नम्बरमा परिन् दीपिका

 

असार २, काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण विश्वकै सुन्दर महिलाको सूचीमा एक नम्बरमा परेकी छिन् । 

एउटा पत्रिका अब्जर्भर डनका अनुसार दीपिकाले सुन्दर हुनुको अर्थलाई बुझेर राम्रा काममा समय खर्चिएकी छिन् । यही कारणले उनलाई विश्वका सुन्दर महिलाको सूचीको अग्रस्थानमा राखिएको हो । 

null

अब्जर्भर डनले सुन्दरताको परिभाषा दिँदै लेखेको छ, ‘मान्छेलाई शारीरिक रुपले भन्दा पनि विचारले सुन्दर बनाउँछ । उच्च विचारले मान्छेमा चमक ल्याउने काम गर्दछ । विश्वको सुन्दर महिलाले आफ्नो काम र अन्य गुणको माध्यमबाट जादुमय इतिहास रचेका छन् ।’ 

दीपिकासँगै यो सूचीमा स्कारलेट जोनसन, एन्जेलिना जोली, बियोन्सीलगायत अभिनेत्री रहेका छन् । 

अहिले दीपिका ‘छप्पाक’को प्रमोसमान व्यस्त छिन् । यो फिल्ममा उनले लक्ष्मी अग्रवालको भूमिका निर्वाह गरेकी छिन् । यो फिल्म १० जनवरी २०२० मा रिलिज हुँदैछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *