‘…छोराछोरी घर फर्किँदा जस्तै खुशी मिल्यो’

 

जेठ १९, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सत्तारुढ नेकपामा आउने विश्वास व्यक्त गरेका छन् । 

विप्लव समूहका नेता एवम् पोलिटब्युरो सदस्य पदम राईलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले यस्तो धारणा राखेका हुन् । 

null

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले भने, ‘विप्लव समूहले लिएको बाटोले गन्तव्यमा पुर्याउँदैन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ । त्यसैले एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ ।’ 

राईको पार्टी प्रवेशले आफू र गृहमन्त्री रामबहादुर थापा (बादल) लाई बिहान रिसाएर हिँडेको छोराछोरी साँझ घर फर्किँदा जस्तै खुशी मिलेको प्रचण्डले बताए । 

कार्यक्रमा पाटी प्रवेश गरेका राइले सुरक्षा खोज्दै नेकपा नआएको दाबी गर्दै देशलाई समृद्ध बनाउने अभियानमा नेकपा रहेकाले आफू प्रवेश गरेको बताए । अध्यक्ष प्रचण्डले नेकपा प्रवेश गरेका नेता राईलाई पार्टीमा उचित स्थान र उपयुक्त जिम्मेवारी दिने विश्वास दिलाए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eight =