सलमानको भारत सुपरहिट हुने संकेत

 

जेठ २२, भारत ।  बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ इदको अवसर पारेर प्रर्दशन विश्वभर प्रदर्शन भएको छ । यो फिल्म कोरियन फिल्म ‘ओर टु माई फादर’ बाट प्रभावित भएर बनाइएको हो । 

सलमानको भारत लाई दर्शकले निकै रुचाएका छन् । भारतिय मिडियाका अनुसार मर्निङ शोमा दर्शकले निकै सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । दर्शकको सकारात्क प्रतिक्रियासँगै फिल्मकर्मीहरुले बम्पर ओपनिङ्ग गर्ने अनुमान लगाएका छन् । यो फिल्ममा भारतको आम व्यक्तिको कहानी देखाइएको छ । जुन कहानीले दर्शक भावुक बनाएको मिडियामा उल्लेख छ । फिल्ममा एक्सन भन्दा बढि रोमान्स, इमोशन रहेको छ । 

null

दर्शकले सलमान र कैटरिना कैफको जोडीलाई रुचाएका छन् । त्यसैगरी सुनिल ग्रोवरको कमेडी सशक्त रहेको छ । दर्शकले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । 

अली अब्बास जफरले निर्देशन गरेको फिल्ममा सलमान, कैटरिना, सुनिलसँगै दिशा पाटनी, तब्बू, ज्याकी श्राँफको अभिनय रहेको छ । फिल्ममा वरुण धवनको पनि एक स्पेशल भुमिका रहेको छ । 

गत सालको इदमा रिलिज भएको सलमानको रेश ३ लाई दर्शकले नरुचाएसँगै फिल्म बक्स अफिसमा सुपरहिट हुनबाट चुकेको थियो । सकारात्मक प्रतिक्रियासँगै सलमानको भारत सुपरहिट हुने संकेत मिलेको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *