एउटा यस्ताे भाले जसले बासेकाे कारण अदालतमा मुद्दा झेल्नु परेपछी

 

असार १०, फ्रान्स । सेन्ट पिएरे दे अनोरेन त्यस्तो ग्रामिण टापु हो, जहाँ सहरीयाहरु प्राय बिदा मनाउन पुग्छन् । यसै क्रममा एक सहरीया जोडी कोरिन फसोको छिमेकमै पुगेको थियो बिदा मनाउन । 

शान्तपूर्ण वातावरणको आनन्द लिन यहाँ पुगेको त्यो जोडीलाई एका बिहानै ‘डिस्टर्ब’ गर्यो त्यही भालेले । उनीहरु रिसाएनन् मात्रै, अदालतमै मुद्दा दायर गरिदिए ।भालेकी मालिकनी फसो भने उसलाई काखमा च्याप्दै भालेले पनि बोल्न पाउने बताएकी थिइन् । 

null

साथै आफू यसका कारण तनाबमा रहेको उनको भनाइ थियो । बच्चा जस्तै माया गरेको भालेको दोष नहुँदा नहुँदै पनि मुद्दा खेप्नु परेको पीडा उनले मिडियालाई सुनाएकी छन् । अमेरिकाको पत्रिका ‘न्युयोर्क टाइम्स’ले यही सोमबार अर्थात् जुन २४ मा यो समाचारलाई आफ्नो ‘कभर स्टोरी’ नै बनाएको छ । जहाँ उक्त कुखुराको भाले ‘भाले’ मात्रै नभएर फ्रान्सको पुरानै सहर र गाउँबीचको द्वन्द्वको झल्को दिने संकेतको रुपमा समेत व्याख्या गरिएको छ । 

 

साथै उक्त भाले अहिले राष्ट्रिय मुद्दा नै बनेको बताइएको छ । न्युयोर्क टाइम्सको उक्त भालेको समाचारसँगै अनेक विषय र टिप्पणी पनि उजागर भएका छन् । मानव अधिकारको सीमा कहाँसम्म हो त रु के गाउँलेले पालेका कुखुरा वा चराहरु, गाइ, भैँसीहरु नै कराउन नै नपाउने हुन् त रु मउरिसको मुद्दासँगै यस्ता विषयमा पनि बहस र टिकाटिप्पणी हुन थालेको छ । 

पछिल्लो समय खासगरी ग्रामिण भेगमा परम्पराकै रुपमा रहेका चिजमा मानव अधिकारसँग जोडेर गरिएका व्याख्या पूर्ण नभएको पनि टिप्पणी हुन थालेको छ ।त्यसो त केही वर्षअघि चर्चमा घण्ट बजाइएको कुरालाई लिएर पनि अदालतमा मुद्दा दायर भएको थियो । यसपटक भने फ्रान्सको यो मुद्दामा अदालतले भालेको पक्षमा अदालतले फैसला गरिदिएको छ । गाउँमा पालिने यस्ता जनावर, चराहरु आफूखुसी बास्न वा कराउन पाउने भन्दै अदालतले फैसला गरिदिएको हो । अन्नपुर्णपोष्ट बाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *