शरण हुमागाईको ‘हाँस्ने खेल्ने’ बजारमा (भिडियो सहित)

 

जेठ २८, काठमाडाैँ ।  लोक दोहोरी गायक तथा संचारकर्मी शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा हाँस्ने खेल्ने बोलको गित बजारमा आएकोे छ । 

डिएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको थेगो शब्द शरण हुमागाईंको रहेको छ ।पुराना सर्जक मच्छेश्वर सापकोटाको पुरानो गीतलाई नयाँ प्रविधिमा स्टुडियो मालाश्रीमा रेर्कड गरिएको गितको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् । 

null

हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ । दृश्य छायाँकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ । 

केही दिन अघिमात्र सपनी नामक लोक दोहोरी गीत लेराएको डि.ए.आर मुभिजले जालमा फसायौ भाग–२ को काम सम्पादनको चरणमा रहेको र सो अघि केही अरु गीत लेराउने जानकारी डि.ए.आर मुभिजले गराएको थियो ।  

‘हाँस्ने खेल्ने’ गीतको म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट श्रोता तथा दर्शकमाझ ल्याइएकाे छ । गीतको भिडियो तलको लिंकमा रहेको छ । 

भिडियाे हेर्नुहाेस् 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *