जात्रै जात्रा लिएर अष्ट्रेलिया पुगेकी वर्षा ट्रोलको शिकार

 

जेठ १९, काठमाडौँ । चलचित्र ‘जात्रै जात्रा’को प्रमोशनको लागि अष्ट्रेलिया पुगेकी नायिका वर्षा राउतले लगाएको पहिरणले बजार तातिनुको साथै सामाजिक संजालमा उनी ट्रोलको शिकार समेत भएकी छिन् । 

यस चलचित्रको टिम सहित अष्ट्रेलिया पुगेकी नायिका वर्षाले शुक्रबार बेलुकी अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको चलचित्रको विशेष शोमा बक्षस्थल समेत देखिने गरी लगाएको पहिरनल गर्दा सामाजिक संजालमा ट्रोलको शिकार बन्न पुगेकी हुन् । 

null

 

सधैँ सिम्पल र सिधा रुपमा दर्शक माँझ प्रस्तुत भएकी वर्षाले उक्त कार्यक्रममा वक्षस्थल समेत देखिने गरी सेतोमा कालो थोप्ला भएको गाउन लगाउँदा यतीबेला उनले बिभिन्न टिक्का टिप्पणी झेल्नु परेको छ । 

धेरैले उनले लगाएको पहिरणलाई लिएर ट्रोल बनाई रहेका छन् । बोल्ड देखिन उनले लगाएको त्यो पहिरण दर्शकलाई पचाउन अलि गाह्रो जस्तो भईरहेको छ । धेरै व्यक्तीले उनलाई अंग प्रदर्शन गरी चर्चामा आउन खोजिएको भनेर कमेट गरेका छन् भने कतिले बिहेपछी बोल्ड भएको भन्दै चर्चा गरेका छन् । 

नायिका वर्षा राउतसँगै यस चलचित्रका नायक विपिन कार्की, निर्देशक प्रदिप भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्र सिंह बाँनिया समेत अष्ट्रेलिया पुगेका हुन् । 

अष्ट्रेलियामा यस चलचित्रले आक्रामक व्यापार गरिरहेको र सबै शो हाउसफुल भएको निर्माण पक्षले जानकारी दिएका छन् । 

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *