हार्ट अट्याक भइहाले यसाे गर्नुहाेस्

 

असार १४ ।  पछिल्लो समयमा हार्ट अट्याकका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको । मानिसको जीवनशैली र खानपानका कारण पनि मानिसमा मुटु सम्बन्धी रोगको खतरा बढ्दै गएको चिकित्सकहरु बताउछन् । अस्वस्थ खानपान, तनाव, व्यायामको कमी आदिले मानिसमा हार्ट अट्याकको समस्या बढ्दै गएको छ । 

मुटुको मांशपेसीलाई रगत प्रवाह गर्ने तीनवटा नली हुन्छ । तीमध्ये कुनै नली बन्द भएको अवस्थामा मानिसमा हार्ट अट्याक हुन्छ । कुनै एक नली बन्द भएको अवस्थामा शरीरको विभिन्न अंगहरुमा रगत पुग्दैन र मानिस वेहोस् हुन्छन् । 

null

हार्ट अट्याकको कारण यस्तो छ 

–वंशागुगत गुण, 

–धूम्रपान सेवन, 

–मोटोपना, 

–अत्याधिक तनाव, 

–आलस्यता 

हार्ट अट्याकको लक्षण 

–रिंगाटा लाग्ने, 

– ढाड,कुम वा बङगारा धेरै दुख्ने, 

–छाती धेरै दुख्ने, 

–छाती भारी हुने, 

–श्वास फेर्न गाह्रो हुने । 

हार्ट अट्याक भइहाले के गर्ने ? 

–हृदयघातको लक्षण देखिएमा व्यक्तिलाई तुरुन्त नजिकको अस्पताल लैजानुपर्छ, 

– शान्त रहन आग्रह गर्ने, 

–कपडा कसिएको छ भने खुकुलो पार्ने, 

हार्ट अट्याकबाट कसरी बच्ने ? 

–उच्च रक्तचापको समस्या भएमा नियमित औषधि सेवन गर्ने, 

– सुगर नियन्त्रण गर्ने, 

–धुम्रपान नगर्ने, 

– फलफुल तथा सागसब्जी खाने, 

–हरेक वर्ष मुटु परीक्षण गर्ने, 

–परिवारमा कसैलाई हार्ट अट्याकको समस्या छ भने समयमै आफू पनि सचेत रहने । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =