अत्याधिक गर्मी भएपछी भैंसी आफै कल चलाएर पानी पिएपछी… (भिडियाे सहित)

 

असार २, भारत ।  विश्वमा नै यतिबेला तापक्रम बढ्दो छ । बढ्दो तापक्रमले मानिस देखि जीवजनावरहरु समेत आक्रान्त बनिरहेका छन् । 

कतिपय देशमा त खोलानालाका मुहान सुकेका छन् जसले गर्दा कतिपय स्थानमा जनावरहरु मरिरहेका छन् भने कति देशमा खडेरीले अन्नवाली समेत उब्जनी हुन सकेको छैन । बढ्दो तापक्रमको आहत रोकिएको भने छैन । चर्को गर्मीकै कारण मानिसदेखि जीवजनावरसमेत राहत खोजिरहेका छन् । 

null

मानिसले त गर्मीमा बच्नका लागि केही सिप लगाउछन् तर जनावरहरुले कसरी सक्लान् ? तर जनावहरुले पनि केही न केही जुक्त्ती लगाउछन् भन्ने एउटा भिडियोबाट पुष्टी भएको छ । यतिबेला भारतमा एउटा मिडियो निकै भाईरल बनिरहेको छ । 

जुन भिडियोमा गर्मीले आहत भएको एउटा भैँसीले आफैले चापाकल चलाएर पानी पिएको छ । गर्मी तिर्खाले आहत भएको उक्त भैँसीले आफनो सिङले चापाकल चलाएर पानी पिएको भिडियो मानिसहरुले निकै मन पराईरहेका छन् । 

जुन भिडियो निकै भाईरल बनिरहेको छ । उक्त भिडियो भारतकै भए पनि कुन ठाँउको हो भन्ने चाही खुलेको छैन । जे जस्तो भए पनि गर्मीको मौसम यस्ता अवोध जीव तथा चराचुरुङगीहरुका लागि सके सम्म पानीको जोहो गरेर एक ठाँउमा राखिदिएर सहयोग गर्नु पनि एउटा पुण्यको काम नै हो । एजेन्सी 

 भिडियाे हेर्नुहाेस् 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *