झ्याल फोडेर गोही घरको भान्छामा पसेपछी

 

जेठ २८ । तपाईँको भान्छामा गोही आयो भने तपाईँ के गर्नुहुन्छ ? अमेरिकाको फ्लोरिडा राज्यमा यस्तै एउटा घटना घटेको छ । फ्लोरिडा राज्यकी एक महिलाले मध्यरातमा चर्को आवाज सुनिन्, जब उनी भान्ँछामा गइन् तब उनलाई थाहा भयो त्यो त आक्रोशित गोही पो रहेछ। 

७७ वर्षिय मेरी विसचुसेन नामकी महिला मस्त निद्रामा थिइन् । बिहान ३ः३० बजे उनलाई एउटा चर्को आवाजले ब्यूँझायो । जब उनी त्यो आवाज आएतिर लागिन् तब उनले थाहा पाइन् कि ३.३ मीटर लामो गोही पो भान्सामा पसेको रहेछ । 

null

त्यो भान्छा बाहिर जान पनि मानिरहेको थिएन। उसले भित्र पस्न झ्याल फोडेको थियो । त्यसपछि गोही बाहिर लैजाने मान्छेको खोजी भयो । त्यसपछि उसलाइ बाँधेर नियन्त्रणमा लिइयो । गोहीलाई केही चोट लाग्यो तर कोही पनि घाइते भएन । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *