नायिका रिमा विश्वकर्माले गरिन् भुवन के.सी.सँग विवाह

 

जेठ २४, काठमाडौँ । नायिका तथा मोडल रिमा विश्वकर्माले नायक भुवन के.सी.सँग बिवाह गरेकी छिन् । यी दुई चर्चित कलाकारले नवलपरासीमा बिवाह गरेका हुन् । 

तर यो कुनै रियल लाईफमा नभई रिल लाईभमा मात्र हो । नव चलचित्र ‘मिस्टर नेपाली’ मा रिमाले भुवन के.सी.सँग बिवाह गरेकी हुन् । अहिले नवलपरासीम सुटिङ्ग भईरहेको ‘मिस्टर नेपाली’को एक दृश्यको लागि यी दुई कलाकारले बिवाह गरेका हुन् । 

null

चलचित्रको पर्दामा कयै पटक धेरै व्यक्तीसँग विवाह गरेका यी दुई जोडीको वास्तिवक जिवनमा भने बिवाह गरी पनी डिभोर्स भएर अहिले सिंगल लाईफमा रमाई रहेका छन् । नायक भूवनले श्रीमतीसँग धेरै वर्ष अघी नै डिभोर्स गरेका हुन् भने नायिका रिमाले केही वर्ष अघी मात्र श्रीमान्सँग डिभोर्स गरेकी हुन् । 

भुवन एक समयको सुपरहिट हिरो हुन् भने नायिका रिमा अहिलेकाे समयमा नाम र दाम कमाउन सफल नायिका हुन् । 

देव नारायण भुषालको लेखन तथा निर्देशनमा तायार पारिएको  चलचित्र ‘मिस्टर नेपाली’मा नायक लाई डबल रुपमा देख्न पाइनेछ । यस चलचित्रको कथाबस्तु राष्ट्रियताको कथामा निर्धारित रहेको छ । यस चलचित्रमा लगानी भने प्रेमराज दाहालले गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *