७ करोडमा नगरपालिका भवन बन्ने

चितवन, २५ जेष्ठ । साविक भण्डारा गाउँविकास समितिको भवनबाटै नगरपालिकाको सेवा प्रवाह गर्दै आएको राप्ती नगरपालिकाले ठुलो लगानीमा सुविधा सम्पन्न भवन निर्माण गर्न लागेको छ । १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी ६ करोड ९९ लाखमा नगरको आफ्नै भवन निर्माण गर्न लागिएको राप्ती नगरपालिकाकी मेयर प्रभा वरालले जानकारी दिईन् ।आवश्यक भौतिक पुर्वाधार नहुँदा नगरपालिकाले शिक्षा,कृषि,राजस्व संकलनका लागि घर भाडामा लिएर काम गर्दै आएको छ । हाल नगरपालिका रहेको भवन नजिकै मत्स्य विकास केन्द्रले भवन निर्माणका लागि १ विगाहा जग्गा दिएको  छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =