एउटै फ्रेममा बच्चन परिवारका तीन पुस्ता

 

जेठ १७, नयाँ दिल्ली । मेगास्टार अमिताभ बच्चनले एक तस्विर सार्वजनिक गरेका छन् । 

सामाजिक सञ्जालमा सक्रिय रहेका अमिताभले बुधबार राति आफ्नो ट्वीटर अकाउन्टबाट एक कोलाज शेयर गरे, जसमा बच्चनको तीन पुस्ता देख्न सकिन्छ । 

null

तस्विरमा उनका पिता हरिवंश बच्चन एक बच्चाका साथमा छन्, जो अमिताभ बच्चन हुन् । ठिक त्यस्तै अमिताभ बच्चन पनि अभिषेक बच्चनका साथमा देखिन्छन् । आफ्नो हजुरबुवा र पिताले जस्तै गरी अभिषेकले पनि आफ्नी छोरीसँग तस्विर खिचाएका छन्, जुन अमिताभले शेयर गरेको फोटो कोलाजमा देख्न सकिन्छ । 

हालअमिताभ बच्चन, अयान मुखर्जीको निर्देशनमा बनेको चलचित्र ब्रम्हास्त्रमा व्यस्त छन् । चलचित्रमा रणवीर कपूर, आलिया भट्ट, अक्किनेनी नागार्जुन, डिम्पल कपाडिया र मौनी रायको मुख्य भूमिका रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *