हनिमुनमै बेला किन श्रीमतीले श्रीमान्लाई डिभोर्स दिइन् ?

 

जेठ ३२। संयुक्त अरब इमिरेट (दुबई)मा एक नवविवाहित महिलाले आफ्नो पतिको एउटा बानीबाट आजित भएर अदालतमा डिभोर्सको निवेदन दिएकी छन् । 

खालीज टाइम्सको रिपोर्टअनुसार, हनिमुनमा गएकी महिलाले दुबईमा आफ्नो कञ्जुस पतिसँग डिभोर्सको लागि अदालतमा निवेदन दिएकी हुन् । 

null

उनीहरुको विवाह भएको तीन साता मात्रै भएको छ । विवाहपछि मात्र पत्नीले उनको पति कतिसम्म कञ्जुस छ भन्नेकुरा थाहा पाएको समाचारमा उल्लेख छ । 

महिलाका अनुसार, उनको पतिले विवाहपछि एक दिराम (दुबईको मुद्रा)पनि खर्च गरेको छैन । पतिले एक दिरामपनि खर्च नगरेपछि हैरान भएर पत्नीले डिभोर्स दिन बाध्य भएकी हुन् । 

आफूभन्दा आफ्नो पति १३ वर्ष कान्छो भएको महिलाले अदालतमा बताएकी छन् । साथै पतिले बिवाहको पहिलो दिनबाट नै पानी, बिजुली र गृहस्थीको खर्च धान्नको लागि भनेको महिलाको भनाइ छ । 

महिलाले घरको पूरै फर्निचर पनि आफ्नै पैसाले किनेकी थिइन् । यी सबै गरिसक्दा पनि पतिले आफूलाई नजरान्दाज गरेकोले आफू डिभोर्स दिन बाध्य भएको महिलाले बताइन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *