रातभरमा पक्की पुल नै गायव भएपछी

 

जेठ ३०। रुसको आर्कटिक क्षेत्रमा रहेको ७६ फिट लामो, ५६ टन तौलको पुल रातारात हराएको छ । तस्बिरमा देखिएजस्तै पुलको बीचको भाग एकाएक हराएको हो । पुलमा हराएको भाग न त नदिमा देखिएको छ न आसपास कतै । अहिले रशियामा यो तस्बिर भाइरल भएको छ । 

पुल आसपासका मानिसहरुले पुलको बीचको भाग चोरी भएको बताएका छन् । त्यसपछि प्रहरीले पुलको खोजी शुरु गरेको छ । रुसको मरमंस्कमा भएको यो घटनाबारे कसैलार्ई पनि थाहा नभएको पाइएको छ । पुल १६ मे मा चर्किएको थियो, त्यसपछि यो पुल भएर मानिसहरुले यात्रा गर्नै छाडेका थिए । 

null

हराएको पुलको तस्बिर २६ मे मा सार्वजनिक भएको हो । कतिपय मानिसले पुल भत्किएपछि नदीले बगाएको बताएका छन्, भने कसैले चोरी भएको अनुमान गरेका छन् । नदीमा पानीको बहाव ठूलो नभएका कारण पनि पुल बगाएको अनुमान निराधार हुन्छ । 

अहिले प्रहरीले घटनाको बारेमा छानबिन गरिरहेको छ । प्रहरीले कसैलाई पनि थाहा नदिई पुल बनाउनेले पुलको चर्किएको भाग हटाएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । यद्यपि घटनाको अनुसन्धान भइरहेको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *