बलिउड सलमान आलियासँग राेमान्स गर्दै

 

असार ८ ।  बलिउडका सुल्तान सलमान खान र आलिया भट्ट पहिलोपटक फिल्मी पर्दामा देखिन लागेका छन् । संजय लीला भन्सालीको नयाँ फिल्म ‘इन्साल्लाह’मा काम गर्न लागेका हुन् । 

लामो समयपछि सँगै काम गर्न लागेका सलमान खानले पहिलोपटक ‘हम दिल दे चुके सनम’ मा काम गरेका थिए । उक्त फिल्ममा ऐश्वर्या राय र अजय देवगन पनि सँगै देखिएका थिए । 

null

फिल्मको बारेमा बलिउड तड्का अनलाइन पत्रिकाले लेखे अनुसार सलमान खानले ४० वर्षीय अमेरिकी व्यवसायीको भूमिका निभाउने भएका छन् । जसमा आलियाले २०–२२ वर्षकी युवतीको भूमिका निभाउँनेछिन् भने सलमान खानले ४० वर्षका व्यवसायीको भूमिका निर्वाह गर्नेछन् । 

सलमानले लापरवाही पुरुषको भूमिकामा देखिनेछन् । जसलाई जिन्दगीको अर्थ पार्टी, मोजमस्ती भन्ने मात्रै लाग्छ । यसै सिलसिलामा उनका पिताले उनलाई विवाह गरेर सुध्रिनुपर्ने सल्लाह दिन्छन् । यसैक्रममा उनको भेट आलियासँग हुन्छ । सलमानले आलियालाई पिताको अगाडि नाटक गर्न आग्रह गर्छन् तर सलमानको आलियासँग वास्तवमै प्रेम हुन्छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *