प्रकाश सपूतलाई आईजीपीको फोन !

 

जेठ २४, काठमाडौं । ‘दोहोरी ब्याटल’ बाट चर्चामा आएका लोकप्रिय गायक प्रकाश सपूतलाई आईजीपी सर्वेन्द्र खनालले फोन गरेर धन्यवाद दिएका छन् । 

‘गल्बन्दी’ जस्तो मौलिक गीत पस्किएको भन्दै आईजीपी खनालले गायक प्रकाशलाई धन्यवाद दिएका हुन् । 

null

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दि” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगीत र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आबद्ध नेपाल भित्र र विश्वभरिबाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यवाद भन्दै लामो लामो म्यासेज गर्नुभएको छ । हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गित पस्कनु भएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।’ 

उनले उक्त गीतले लोकदोहोरी मन नपराउनेहरुको समेत मन जितेको तथा यता रुचि बढेको उनको दाबी छ । उनले लोकदोही मन पराउनु आफ्नो व्यक्तिगत बोलमाया र गल्बन्दी टीमका लागि मात्रै नभइ लोक संगीतकर्मीका लागि पनि सुखद् भएको बताए । 

आफ्नो पहिलो दाहोरी ब्याटलबाट चर्चामा आएका उनले यसबाट आलोचना पनि धेरै खेप्नुपरेको थियो । दोहोरी ब्याटल पछि उनले अत्यन्तै मार्मिक गीत ‘बोल माया’ पस्किएर पुनः आफ्नो क्रेज स्थापित गरेका थिए । गायक प्रकाशको ‘दोहोरी ब्याटल–२’ पनि हिट भयो । अहिले ‘गल्बन्दी’ ले उनलाई नसोचेको सफलता दिलाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *