विवेक द्वारा ऐश्वर्याकाे लागि लेखिएकाे मिममा सलमानकाे यस्ताे जवाफ

 

जेठ २१, भारत ।  गत महिना विवेक ओबरोयले ऐश्वर्या राय बच्चनसम्बन्धि मिम सेयर गरेर ट्वीटरमा उधुम मच्चाए । 

उक्त मिममा ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र उनीहरुका छोरी आराध्यालगायत बलिउड नायक सलमान खानसमेत मुछिएका थिए । उक्त मिम विवेकले एक्जिट पोलको नतिजालाई लक्षित गर्दै गरेका छन् । विवेकले उक्त मिम निकै सृजनात्मक भएको बताउँदै सेयर गरेका थिए । 

null

मिमले ऐश्वर्याको इज्जतमाथि आँच पुर्याएको भन्दै निकै आलोचना खेपेका थियो । यसमा सम्बन्धित कलाकारले यसप्रति कुनै प्रतिक्रिया दिएका थिएनन् । यद्यपि, बम्बे टाइम्ससँगको अन्तरवार्तामा सलमानलाई यसबारे प्रश्न सोधिएको थियो । सलमानको जवाफ निकै रोचक थियो । उनले भने, ‘मलाई यसबारे केही जानकारी छैन । मैले त्यो हेरेको छैन । 

सायद उनले उक्त मिम साँच्चै नै नहेरेका पनि हुनसक्छन् तर उनले त्यसलाई नजरअन्दाज पनि गरेको हुनसक्छ । 

सलमान यतिबेला आफ्नो बहुप्रतिक्षित फिल्म ‘भारत’ को प्रोमोशनमा व्यस्त छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *