केराको बोक्रामा लुकेको छ सौन्दर्यको साथै स्वास्थ्यको राज

 

जेठ ३० ।  केरा एउटा एकदमै मिठो फल हो । यो जुनसुकै मौसममा पनि सजिलै पाईने फल हो । केरा विभिन्न लवण तथा भिटामिन लगायतका पोषक तत्वले भरिपूर्ण फल हो । यसको सेवनले हाम्रो स्वास्थ्यलाई त फाईदा पुर्याउँछ नै यसमा हाम्राे  सौन्दर्यकाे राज समेत लुकेकाे छ  । 

प्राय जसो हामी केरा खाएपछी यसको बोक्रा फाल्ने गछौँ । केरा खान जति मिठो हुन्छ त्यती नै यसको बोक्राको प्रयोग हाम्रो सौन्दर्य तथा औषधीको रूपमा पनि प्रयाेग गर्न सक्छाैं । केराको बोक्रालाई सौन्दर्य र औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ तल बताईएको छ । 

null

– कुनै किराले चिल्यो भने त्यस ठाउँमा केराको बोक्रा पिँधेर लगाउनाले दुखाइ कम हुन्छ । 

– छालामा डावर आएको बेला केराको बोक्राको लेदो लगाउनाले डावर निको हुन सहयोग हुन्छ । 

– केराको बोक्राको भित्री भागलाई हल्का रुपमा अनुहारमा दल्नुहोस् । नियमित रुपमा यसो गर्नाले अनुहारको डण्डीफोर कम हुन्छ । 

– केराको बोक्रालाई पिँधेर लेदो बनाएर अनुहारमा दल्नाले अनुहारमा चमक आउँछ भने बोक्रालाई दाँतमा रगड्नाले दाँत चम्किलो हुन्छ । 

– अण्डाको पहेँलो भागमा केराको बोक्राको लेदो मिलाएर अनुहारमा लगाउनाले अनुहारको चाउरीपना कम हुन्छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *