रुटको अलराउण्ड प्रदर्शन अनी जोफ्रा आर्चर र मार्क उडको बलिङमा इंग्ल्याण्ड विजयी

एजेन्सी । आइसीसी विश्वकप क्रिकेट २०१९ मा जो रुटको अलराउण्ड प्रदर्शन अनी जोफ्रा आर्चर र मार्क उडको उत्कृष्ट बलिङ पछि घरेलु टोली इंग्ल्याण्डले तेस्रो जित हात पारेको छ । शुक्रवार भएको खेलमा इंग्ल्याण्डले वेष्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो । तेस्रो जितपछि ४ खेलबाट ६ अंक जोड्दै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लेको हो । साविक विजेता अष्ट्रेलिया को पनि समान ६ अंक रहेपनि इंग्ल्याण्ड रनरेटको आधारमा अगाडि रहेको हो । उता दोस्रो हारपछि ४ खेलबाट ३ अंक रहेको वेष्ट इन्डिज छैटौँ स्थानमा छ । 

 

रुटले यस संस्करणमा दोस्रो शतक प्रहार गरेपछि इंग्ल्याण्डले २१३ रनको लक्ष्य ३३.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । त्यसअघि फास्ट बलरद्वय जोफ्रा आर्चर र मार्क उडको ३-३ विकेट अनी रुटले २ विकेट लिएपछि वेष्ट इन्डिज २१२ रनमै अलआउट भएको थियो । रुटले ९३ बल खेल्दै ११ चौकाको मद्दतमा शतक पूरा गरेका थिए । ९४ बल खेलेका रुट सय रनमा नटआउट रहे । रुटको यो करियरको १६ औं ओडिआई शतक हो । उनले यस संस्करणमा पाकिस्तान विरुद्धको खेलमा पनि शतक प्रहार गरेका थिए । 

null

कप्तान इयान मोर्गन र नियमित ओपनर ज्यासन रोए फिल्डिङका क्रममा घाइते भएपछि रुटले जोनी बेयर्स्टवसँगै ओपनिङ गरेका थिए । उनले पहिलो विकेटका लागि बेयर्स्टोवसँग १४.४ ओभरमा ९५ रनको साझदारी गरेका थिए । बेयर्स्टोब ४६ बल खेल्दै ७ चौकाको मद्दतमा ४५ रन बनाएर आउट भए । त्यसपछि तेस्रो नम्बर ब्याटिङ गरेका क्रिस वोक्ससँग रुटले दोस्रो विकेटका लागि शतकिय साझेदारी गरे । यी दुईले १०४ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए । वोक्सले ५४ बल खेल्दै ४ चौकाको मद्दतमा ४० रन योगदान गरे । 

वेष्ट इन्डिजका शानन गाब्रीएलले इंग्ल्याण्डको दुवै खेलाडीलाई आउट गरेका थिए । उनले ७ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । त्यसअघि साउथह्याम्पटनमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले इंग्ल्याण्डको उत्कृष्ट बलिङसामु पुरा ओभर खेल्न सकेन । निकोलस पुरनले अर्धशतक प्रहार गरेपनि अन्य खेलाडीले ४० रनको व्यक्तिगत आँकडा पार गर्न सकेनन् । फलस्वरुप वेष्ट इन्डिजले ४४.४ ओभर खेल्दै सबै विकेट गुमाएर २१२ रन मात्र बनाउन सक्यो । 

पुरनले ७८ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा ६३ रन बनाए । शिमोन हेयतमारले ३९ र क्रिस गेलले ३६ रन जोडे । वेष्ट इन्डिजलाई अलआउट गर्न मार्क उडले ६.४ ओभरमा १८ रन मात्र खर्चेर ३ विकेट लिए । आर्चरले ९ ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर ३ विकेट लिए । ५ ओभर बलिङ गरेका रुटले २७ रन खर्चेर २ विकेट लिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =