‘इतिहासलाई भजाएर मात्रै हुँदैन’

 

जेठ २६, सुर्खेत । इतिहास भजाएर मात्रै काँग्रेसलाई अब जनताले विश्वास नगर्ने नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । 

आज सुर्खेतकाे वीरेन्द्रनगरमा सम्पन्न गरिएको कार्यकर्ता भेटघाटमा कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् । 

null

उनी भन्छन् । ‘काँग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्’, उनले थपे, ‘इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।’ 

पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले प्रदेशका मुख्यमन्त्रीले नै काम गर्ने वातावरण नबनेको टिप्पणीले वर्तमान सरकार संविधान कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट भएको आरोप समेत लगाए । 

पार्टी केन्द्रीय सदस्य हृदयराम थानी, खड्गबहादुर बस्याल, जिल्ला सभापति कमलराज रेग्मीले समेत सहभागिता जनाएको उक्त कार्यक्रममा उनले उनले गाउँ जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टीभित्र संस्थागत सुधार गर्नुपर्ने, आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझाव आएको हुँदा नेतृत्वतह सजक हुनुपर्ने बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *