भारतका चर्चित हाँस्यकलाकार दिन्यारको निधन

 

जेठ २२, भारत ।  भारतका वरिष्ठ मोडल, कमेडियन, फिल्म र थिएटर अभिनेता दिन्यार कन्ट्र्याक्टरको बुधबार निधन भएको छ । उनी ७९ वर्षका थिए । परिवारका अनुसार उनी लामो समयदेखि बिरामी थिए । दिन्यारको अन्तिम संस्कार बुधबार नै वरली मुम्बईमा साढे ३ बजे गरिनेछ । 

 यी फिल्ममा गरे कामः 

null

सन् १९६६ बाट करियरको सुरुवात गर्ने दिन्यारलाई विशेषगरी बाजीगर, ३६ चाइना टाउन, खेलाडी, बादशाहजस्ता फिल्मका लागि चिनिन्छ । उनले विभिन्न टेलिभिजन शोमा पनि काम गरेकी थिइन् । दिन्यारले आफ्नो करियर थिएटर आर्टिस्टको रुपमा गरेका थिए । उनी हिन्दी र गुजराती नाटकमा धेरै काम गर्दथे । 

यसै वर्ष पाएका थिए पद्मश्री अवार्डः 

दिन्यारले सन् २०१९ मा पद्मश्री अवार्ड पाएका थिए । आफ्नो नामको घोषणा भएपछि दिन्यारले एक अन्तरवार्तामा आफूलाई विश्वास नै नभएको बताएका थिए । मलाई कसैले मूर्ख बनाइरहेको जस्तो पनि लागेको थियो । तर पछि अत्यधिक फोन आउन थालेपछि मैले विश्वास गरेँ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *