‘जाम्न माया जाम’मा पुष्प र साम्राज्ञीको बेजोड डान्स

 

जेठ २९, काठमाडौँ । भदाै १३ गतेबाट देशभर प्रर्दशनमा आउँन लागेको चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गित सार्वजनिक गरिएको छ । 

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस चलचित्रकोको टिमले यस गितलाई सार्वजनिक गरेका हुन् । प्रविण सिंहले कोरियोग्राफी गरेको यस गितको भिडियो कुनै क्लबमा सुटिङ्ग गरिएको छ । 

null

 

यस गितमा गायक दिपक बज्रचार्यको स्वर तथा संगीत रहेको छ भने शब्द भने रिक्की शाक्यको रहेको छ । 

४ मिनेट भन्दा लामो यस गितमा यस चलचित्रका मुख्य कलाकार नायक  पुष्प र नायिका साम्राज्ञीको डान्स सँगै अन्य थुप्रै सहायक कलाकारको डान्स समेत देखाईएको छ । मंगलबार सार्वजनिक गरिएको यस गितमा नायक पुष्प र नायिका साम्राज्ञीको डान्स सँगै रोमान्स पनि देख्न पाईनेछ । 

 

सार्वजनिक भएको दुई दिन पुग्न नपाउँदै यस गितले २,४८१९९ भ्युज बटुल्न सफल भएको छ । यस गीतको भिडियो सार्वजनिक गर्नु एक दिन अघीनै यस चलचित्रको निर्माण पक्षले गीतका केही तस्बिरहरु समेत सार्वजनिक सार्वजनिक गरेका थिए । 

दिपक बज्रचार्यको ‘मनमगन’ पछि चलचित्र मारुनीको ‘जाम्न माया जाम’ ले दर्शकको मन जित्न सक्ने निर्माण टिमले विश्वास बाेकेकाे छ । पुनम गौतम क्षेत्रीले निर्माण गरेकी गरेकी यस चलचित्रले दर्शकको मुटु छुने  चलचित्रका निर्देशक नवल नेपालले दाबी गरेका छन् । 

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको यस चलचित्र को सार्वजनिक गितको कार्यक्रममा चलचित्रका निर्देशक नेपाल, निर्मात्री गौतम, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र रेबिका गुरुङ, गीतका गायक दिपक बज्रचार्य, छायांकार सन्जय लामा लगायतले सहमागिता जनाएका थिए । 

भिडियाे हेर्नुहाेस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *