आफ्नो छालालाई यसरी चम्किलो र सुन्दर बनाउँनुहोस्

 

असार ३ ।  आन्तरिक स्वास्थ्यका लागि जसरी नियमित सजगता अपनाउन जरुरी हुन्छ, त्यसरी नै छालाको सौन्दर्यका लागि नियमित हेरचाह आवश्यक पर्छ । छालाका धेरै केयरमध्ये छाला मुलायम र नरम बनाउनुपर्ने पाटो निकै महत्वपूर्ण हुन्छ । फुस्रो छालामा धेरै समस्या देखिने र चाँडै चाउरिने खतरा रहन्छ । त्यसैले ब्युटिसियन सुनिता विष्टले छालाका लागि गर्नुपर्ने केही टिप्स दिएकी छिन्ः 

१.अनुहारको छालाको सौन्दर्यका लागि फेसियल निकै आवश्यक पर्छ । अनुहारमा गरिने थेरापी भएकाले जुनसुकै मौसममा फेसियल आवश्यक पर्छ । यसको महत्व जाडोमा झनै छ । स्क्रब, क्लिन्जिङ, मसाज, क्रिम, फेसप्याकलगायत गर्नु फेसियलअन्तर्गत पर्छन् । फेसियल गर्दा छालामा रहेका डेड सेल, ब्ल्याक डेट्स हटेर जानुका साथै बन्द रहेको कोषिका खुल्छन् । फेसियलका क्रममा लगाएको क्रिम छालाको भित्री भागसम्म पुगेर काम गर्ने तथा अनुहारको चमक बढाउने गर्छ । यसले छाला खुम्चिनबाट पनि जोगाउँछ । 

null

२. अनुहारको छालालाई नरम राख्न तथा चमक बढाउन पनि घरमै विशेष केयर गर्न सकिन्छ । एक चिम्टी का“चो बेसार, एक–दुई चम्चा मह र आधा चम्चा चामलको पिठोलाई आवश्यकताअनुसार दूधमा घोलेर पेस्ट तयार गर्नुहोस् र अनुहारमा राम्रोस“ग लगाएर १५–२० मिनेटपछि सफा पानीले धुनुहोस् । 

३. शरीरको पूरै छालाको पनि केयर गर्नुपर्छ । छाला सुक्खा भयो तथा फुट्न थाल्यो भने घरमै केही केयर गर्न सकिन्छ । जाडोमा यो केयर बढी आवश्यक छ । नुहाउने वेला शरीरको पूरै छालामा तेल प्रयोग गर्नु उत्तम हुन्छ । यसका लागि नुहाएको वेला अन्तिममा दुई जग पानीमा दुई चम्चा जैतुनको तेल राखेर पूरै शरीरमा खन्याउने र केही बेर बिस्तारै मालिस गरेर सफा रुमालले पुछ्ने गर्दा छाला नरम र मुलायम हुन्छ ।-नयाँ पत्रिका दैनिक बाट 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *