यी २८ वर्षे युवती अभिनेत्री हुनुकाे साथै टेम्पाेल चालक पनि हुन्

 

जेठ २९, भारत ।  मुम्बईको मुलुन्ड इलाकामा बस्ने २८ वर्षकी लक्ष्मी निवृत्ति पंधेको बाल्यकाल देखि नै एउटा सपना थियो – फिल्म र टिभी सिरियलमा काम गर्ने । आफ्नो घरमा टिभी नभएका कारण उनी टिभी भएको छिमेकीको घरमा गएर काम गर्थिन् र त्यसबापत् टिभी हेर्थिन् । 

टिभीमा माधुरी दिक्षित र श्रीदेवीको गीत आउने बित्तिकै उठेर नाच्थिन् । बाल्यकालको यो शौख कहिले उनको सपना बन्यो लक्ष्मीलाई नै थाहा भएन । 

null

 

सपना र घरको जिम्मेवारीः 

परिवारमा दुई दिदि र एक दाइ छन् । लक्ष्मी सबैभन्दा कान्छी हुन् । बिरामी दिदी र आमाको हेरविचारमा लक्ष्मी नै खटिरहेकी थिइन् । बुवाको छाया बाल्यकालदेखि नै उनीहरुबाट पार थियो । 

घरमा आमालाई सघाउनका लागि उनले आफ्नो पढाई छोडिन् । आठ कक्षा पढेपछि अरुको घरमा काम गर्न जान्थिन् । 

आफ्नो जीवनको तितो वास्तविकता थाहा हुँदा पनि लक्ष्मीले आफ्नो बाटो आफैं बनाइन् । उनलाई थाहा छ कि उनीसँग कोही गडफादर छैन न नै उनको रुप कुनै हिरोइनको जस्तो थियो । अभिनय र शौखबाहेक उनलाई आफ्नो घरको जीविका चलाउनु पर्दथ्यो भनेर पनि राम्रोसँग थाहा छ । 

त्यसकारण उनी अभिनयका साथै परिवारको पालनपोषणका लागि टेम्पो पनि चलाउँछिन् । 

 

बोमन इरानीले बनाए स्टारः 

लक्ष्मीको मातृभाषा मराठी हो । लक्ष्मीले थुप्रै मराठी सिरियल जस्तै ‘देवयानी’, ‘लक्ष्य’, ‘तू मजा संगति’ र मराठी फिल्म ‘म्म्बई पुणे मुम्बई’ बाहेक जीफाइभको वेबसिरिज ‘स्वराजय रक्षक’ र हिन्दी फिल्म ‘मराठवाडा’ जस्ता फिल्म र सिरियलमा काम गरिसकेकी छिन् । 

तर यति हुँदा हुँदै पनि उनले आफ्नो पहिचान त्यतिबेला पाइन् जब बलिउड अभिनेता बोमन इरानीले आफ्नो सोसल मिडियामा एउटा भिडियो सेयर गरे । 

उनले लेखे, ‘लक्ष्मी मराठी सिरियलमा अभिनय गर्छिन् र फुर्सदको समयमा टेम्पो चलाएर आफ्नो परिवारको पालन–पोषणका लागि सशक्त भूमिका निभाइरहेकी छिन् ।’ 

यसबारे लक्ष्मी भन्छिन्, ‘बोमन इरानी सरलाई म पहिलेदेखि नै चिन्दथेँ । एकदिन म सुटिङ गरिरहेको थिए र त्यस दिन बोमन सर पनि मुम्बईको फिल्मसिटी स्टुडियोबाट आफ्नो कुनै फिल्मको सुटिङ गरेर घर फर्किरहेका थिए ।’ 

उनी भन्छिन्, ‘म पनि आफ्ना केही को–स्टार्सको रुपमा काम गर्ने महिलासँग घर फर्किरहेको थिएँ । त्यतिबेला अचानक बोमन इरानीसँग भेट भयो । बोमन सरबारे सुनेको मात्र थिएँ, देख्न पाउँदा निकै राम्रो लाग्यो ।’ 

‘बोमन सरले आफ्नो कारबाट हाम्रो भिडियो खिचिरहेको मैले देखेँ । उनी आफ्नो बीएमडब्ल्यूबाट ओर्लिए र म भएठाउँ आएर एक राउन्ड हिँड्न आग्रह गरे । उनको मैले खुट्टा ढोग्न खोजे तर दिएनन् ।’ 

उनी थप्छिन्, ‘उनी मलाई सानो देखाउन चाहँदैनथे । त्यसैले उहाँले यस्तो गर्नुभयो । उनले मसँग फोटो खिचे र खुसी भएर मेरो तारिफ गरे । उनको यस्तो व्यवहारमाथि मलाई विश्वास नै भइरहेको थिएन । ’ 

 

रिक्सा र परिवारः 

थुप्रै घरमा काम गरेर आफ्नो परिवारका लागि दुई छाक जुटाउने लक्ष्मी भन्छिन्, ‘मैले पार्लरमा पनि काम गरेँ तर अरु ठाउँमा काम गर्दा अभिनयमा केन्द्रीत हुन सकिरहेको थिइनँ ।’ 

उनी भन्छिन्, ‘अडिशनका लागि विभिन्न स्टुडियो जानु पर्दथ्यो जुन निकै टाढा हुन्छन् र त्यहाँसम्म जान पैसा पनि हुँदैनथ्यो । त्यसकारण कति ठाउँमा त जान पाउँदैनथेँ । मलाई थाहा छ, मैले मुख्य भूमिका त पाउँदैन त्यसैले म साइड रोल गर्छु ।’ 

‘मराठीको विभिन्न कार्यक्रममा कहिले म गर्भवती महिला, कहिले पागल, कहिले किसानकी श्रीमती, कहिले घरेलु कामदारलगायतका भूमिका पाउँछु ।’ 

 

आफ्नो कामबारे लक्ष्मी भन्छिन्, ‘मलाई यस्तो काम गरेर खुसी लागेको छ । आफ्नै मेहनतले जे गरिरहेकी छु त्यसमा पूर्ण सन्तुष्ट छु ।’ 

लक्ष्मीले सिरियल इत्यादिमा काम गरेको पाँच वा ६ दिनपछि नै पैसा दिइन्थ्यो त्यसकारण थुप्रै दिनसम्म खाली पेट नै बस्नु पर्दथ्यो । त्यसकारण उनले टेम्पो चलाउने निर्णय गरिन् । 

लक्ष्मी हाँस्दै भन्छिन्, ‘टेम्पो चलाउँदा मलाई दुईवटा फाइदा भएको छ, एक त म यस मार्फत् दैनिक कमाई हुन्छ । दोस्रो, कुनै पनि स्थानमा जान निकै सजिलो हुन्छ । अडिशनमा जाने बेला म टेम्पोमा यात्रीलाई पनि बसाउँछु, त्यसबाट पनि आम्दानी हुन्छ । ’ 

 

सल्लाहः 

ड्राइभिङ सिक्न आफूलाई निकै कठिन भएको उनी स्मरण गर्छिन् । सुरुमा उनको हात दुख्न थाल्यो तर अब उनी यसमा पोख्त भइसकेकी छिन् । 

उनी भन्छिन्, ‘अब त थुप्रै यात्री मेरै टेम्पोमा बस्न रुचाउँछन् । कामको चापाचाप हुँदा यात्रीहरु कुरेरै भएपनि मेरो टेम्पोमा चढ्छन् । यो देखेर अन्य टेम्पो चालक मसँग रिसाउँछन् तर अब यी सबैको बानी भइसकेको छ ।’ 

उनी भन्छन्, ‘कतिले महिलाको ड्राइभिङ खतरनाक हुन्छन् भन्ने गर्छन् । महिलालाई ड्राइभिङ आउँदैन पनि भन्छन् । कतिले महिलाले टेम्पो चलाउन सुहाउँदैनसमेत भन्छन् । यस्ता मानिसहरुलाई म एउटै जवाफ दिन्छु कि जब महिलाले तिमीहरु जस्तो पुरुषलाई जन्माउन सक्छिन् भने संसारको कुनै पनि काम गर्न सक्छिन् ।’ मधु पाल/ बीबीसी 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *