प्रकाश सपुतको ‘गलबन्दी’ करोडौंमा खेल्दै

 

जेठ २८, काडमाडौँ । सर्वाधिक चर्चा बटुल्न सफल ‘गलबन्दी’ बोलको गितले निकै छोटो समयमै अत्याधिक भ्युज पाउन सफल भएको छ । 

यस गितले आधा महिनाभित्रै युवयुवमा करोडौँ भ्युज बटुल्न सफल भएको छ । युवयुवमा यस गित सार्वजनिक भए लगतै हेर्ने दर्शकहरुको ओईरो लागेको छ । यस गितलाई लाईक मात्र ३ लाख ७ हजार भन्दा बढी आएको छ भने कमेन्ट लगभग ३० हजारको हाराहारीमा रहेको छ । 

null

गायक प्रकाश सपुत र गायिका शान्ती श्री परियारको स्वर रहेको यस गितमा मोडलिङ भने गायक सपुत आफैले गरेका छन् भने उनलाइ साथ  अन्जली अधिकारीले दिएका छन् । निकै राम्रो अभिनय गरेका गायक सपुत र अधिकारीको अभिनयलाई दर्शकले अत्याधिक रुचाएका समेत छन् । 

निकै कम समयमा नै हिट भई दर्शकको लोकप्रियता हासिल गरेको यस गितको शब्द, संगित निकै राम्रो रहेको छ । यस गितको शब्द सबैको मुखमा नै झुण्डीने खालको रहेको छ भने निकै साधारण तरिकाले बनाईएको यस गितको म्युजिक भिडियाे साधारण भएपनी निकै राम्रो बनाईएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *