आँखा किन फरफराउँछ ? यस्ता छन् ७ कारण

 

एजेन्सी– आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास हाम्रो समाजमा गरिन्छ। आँखाको फरफराई पनि महिला र पुरुषमा अलग–अलग तरिकाले विश्वास गरिन्छ । 

कुनै समाजमा पुरुषमा दाहिने आँखा फरफरायो भने शुभ समाचारको सूचक मानिन्छ भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचक मान्ने गरिन्छ । महिलामा भने देब्रे आँखा फरफरायो भने अशुभ समाचारको सूचकका रुपमा लिने गरिन्छ । 

null

तर, यो पूर्णत वैज्ञानिक कारणसँग जोडिएको कुरा हो । यसमा आँखाको परेला फरफराउँछ । यो फरफराई केही सेकेण्डसम्म या केही घण्टासम्म जारी रहन्छ । कसै कसैमा हप्तौंसम्म पनि जारी रहेको पाइन्छ । 

अधिकांशमा तल्लो परेला फरफराउने गरेपनि कसै कसैमा भने माथिल्लो आँखा पनि फरफराउने गर्छ । यसको वास्तविक कारण थाहा नभएपनि सुख्खा आँखा, प्रकाश सवेदनशिल आँखा, तनाव, थकान, क्याफिनको प्रयोग, अल्कोहल, पोषक तत्वको कमी तथा एलर्जी आदिका कारणले आँखा फरफराउँछ । यो कुनै गम्भीर समस्या होइन । 

तनावका कारणः जब हामी कुनै तनावमा हुन्छौं, हाम्रो शरीरले विभिन्न तरिकाले प्रतिक्रिया जनाउँछ। आँखा फरफराउनु पनि तनावको एउटा भाग हुन सक्छ । तनावलाई कम गर्नु नै आँखा फरफराउन रोक्ने उपाय हो । 

थकानः तनाव तथा अन्य कारणबाट उत्पन्न अनिद्राले आँखाको परेलामा ऐंठन पर्छ। 

आँखा दुखाईः दृष्टिसँग सम्बन्धित तनावले पनि आँखाको परेला फरफराउँछ । खासगरी, आँखालाई बढी तनाव हुने गरी काम गर्दा यस्तो हुन सक्छ । 

क्याफिन र अल्कोहलः विज्ञहरुका अनुसार क्याफिनको प्रयोग (चिया, कफी) बढीमात्रा गरिएमा र अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या देखिन्छ । 

सुख्खा आँखाः बुढ्यौली लाग्दै जाँदा अधिकांश मानिसले आँखा सुख्खा हुने समस्या भोग्छन्। कम्प्युटरको बढी प्रयोग गर्ने, एन्टिहिस्टामिन या एन्टिडिप्रेसान्टका औषधि बढी प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स प्रयोग गर्ने र क्याफिन तथा अल्कोहल प्रयोग गर्नेहरुमा सुख्खा आँखाको समस्या हुन्छ । यस्ता व्यक्तिका आँखा बढी फरफराउँछ । 

पोषकतत्वको असन्तुलनः म्याग्नेसियमजस्ता केही पोषक तत्वको कमी हुँदा पनि परेला फरफराउँछ । यद्यपि यो कुरा अहिलेसम्म वैज्ञानिक रुपमा पुष्टि हुन सकेको छैन । 

एलर्जीः आँखाको एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा फरफराउँछ । 

त्यसैले आँखा फरफराउने समस्या बढी देखिन थाल्यो भने तत्काल नेत्र चिकित्सककहाँ गइहाल्नुहोस्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *