यौन उत्पीडनको आरोप लगाउने महिलालाई ट्रम्पले दिए यस्तो जवाफ

 

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाेस्राे पटक पनि आफूले यौन शोषण नगरेको दाबी गरेका छन् । 

हालै ७५ वर्षकी स्तम्भकार ए. जोन क्यारोलले सन् १९९० मा ट्रम्पले न्यूयोर्कको डिपार्टमेन्ट स्टोरमा उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी थिइन् । ट्रम्पले ती महिलाले शत प्रतिशत झुटो बोलेको दाबी गरेका छन् । 

null

ट्रम्पले भने, ‘म सम्मानका साथ आफ्नो कुरा भन्न चाहन्छु । पहिलो त उनी मेरो टाइपकी होइनन् । दोस्रो, उनले जे भनिरहेकी छिन्, त्यो कहिले पनि भएको छैन ।’ 

शुक्रबार न्यूयोर्क म्यागजिनमार्फत् क्यारोलले अमेरिकी राष्ट्रपतिमाथि आरोप लगाएकी थिइन् । 

राष्ट्रपतिको स्पष्टिकरणमाथि सीएनएनसँगको कुराकानीमा क्यारोलले भनिन्, ‘यो राम्रो हो कि म उनको टाइपकी छैन ।’ 

यसअघिका अन्तरवार्तामा क्यारोलले आफू ट्रम्पविरुद्ध अदालतसम्म जानेबारे पनि विचार गरिरहेको बताएकी थिइन् । 

क्यारोलका अनुसार ट्रम्पले दुई दशकअघि न्यूयोर्कको एक डिपार्टमेन्टल स्टोरको ड्रेसिङ रुममा यौन शौषण गरेका थिए ।  

क्यारोलले यौन शोषणको उक्त घटना सन् १९९५ को अन्त्य र १९९६ को सुरुवातमा बर्गडोर्फ गुडम्यान डिपार्टमेन्ट स्टोरको ड्रेसिङ रुममा भएको जानकारी दिइन् । 

क्यारोलका अनुसार उनीहरु यसअघि पनि भेटिसकेका थिए र एकदिन महिला साथीका लागि उपहार किन्न सहयोग गरिदिन आग्रह गरेपछि उक्त डिपार्टमेन्ट स्टोरमा पुगेको उनले बताइन् । 

त्यतिबेला ५२ वर्षकी क्यारोलले उपहार किन्दै गर्दा ट्रम्पले उनलाई भित्री वस्त्र लगाउन दबाब दिएको र उनलाई पाखुरामा समातेर ड्रेसिङ रुमतिर लगेको दाबी गरिन् । 

‘ड्रेसिङ रुमको ढोका लगाएपछि उनी ममाथि जाइलागे, मलाई भित्तातिर धकेले । त्यतिबेला मेरो टाउको नराम्रोसँग ठोक्कियो र उनले जबरजस्ती आफ्नो मुख मेरो ओठमा राखे,’ क्यारोलले आरोप लगाइन् । ‘म चकित भएँ, उनलाई बेस्सरी धकेलेँ । उनले पुनः मेरो हात समातेर भित्तातिर धकेले । त्यसपछि उनले मेरो कोटमुनी हात पुर्याए र मेरो लेगिंग तल सार्न थाले ।’ 

क्यारोल थप्छिन्, ‘त्यसको केही क्षणमा नै सर्ट, टाइ, सुट ज्याकेट, ओभरकोट लगाएर चट्ट परेका व्यापारी आफ्नो ओभरकोट फुकाल्छन्, पाइन्टको चेन खोल्छन्, आफ्नो औंलालाई मेरो गुप्ताङ्ग वरिपरि दौडाउँछन् र आफ्नो यौनाङ्ग–आधा वा पूर्ण, म निश्चित छैन– मभित्र प्रवेश गराउँछन् ।’ 

यद्यपि, उनले आफूमाथिको उक्त आक्रमणलाई बलात्कार भन्न नरुचाउने जानकारी दिएकी छिन् । 

‘यौन हिंसा निकै भयानक कुरा हो । मेरो सवालमा म यो शब्द प्रयोग गर्न चाहन्नँ किनभने यदि मैले यस्तो गरेँ भने यो ती महिलाका लागि अपमान हुनेछ जो प्रत्येक दिन यौन हिंसाको शिकार हुन्छन् तर यसबाट निस्कनका लागि शक्ति जुटाउन सक्दैनन्,’ क्यारोलले भनिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *