युट्युव तताउने यी जोडीले हल चाँहि किन तताउन सकेन ?

 

असार ३, काठमाडाैँ ।  सामाजिक संजाल र युट्युवमा निकै चर्चा कमाएको जोडीले हलमा भने चर्चा कमाउन असफल भएका छन् । यसरी सामाजिक संजाल र युट्युवमा निकै चर्चा कमाउन सफल भएको जोडी हो नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीकाे । 

यी दुई जोडीले सामाजिक संजालमा केही पोष्ट गरे वा यी दुईले सँगै मोडलिङ गरेको कुनै म्युजिक भिडियो होस् वा अन्य जेसुकै गरेको होस् चर्चामा अाउँथ्याे । तर, युट्युवको माध्यमबाट बजार तताउने यी दुई जोडीले हल भने तताउन सकेका छैनन् । 

null

यसको ज्वलन्त उदाहरण हो चलचित्र ‘कथा काठमाण्डु’ र हालसालै देशभर प्रदर्शनमा आएको चलचित्र ‘प्रेम दिवस’ । यि दुवै चलचित्र हलमा आएको गएको दशर्कले पत्ता पाएनन् । चलचित्र ‘प्रेम दिवस’ हलमा चलेको एक साता भएपनि चलचित्रले दर्शककाे मन भने जित्न सकिरहेकाे छैन । 

युट्युवमा रूचाएका मयंकालाइ हलमा पैसा तिरेर हेर्न आउन भने दर्शकले कञ्जुस गरे । शुक्रबार देखी प्रदर्शनमा आएको चलचित्र ‘प्रेम दिवस’काे सुरुवाती दिन र दोस्रो दिनमा समेत दर्शक भएनन् । 

मल्टिप्लेक्स र सिंगल हलमा लागेको चलचित्रको व्यापार निकै खस्केको छ । चलचित्रले राम्रो व्यापार गर्न सकिरहेको छैन ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *