६ सय वर्ष पुरानो पुल, जुन घाँसबाट बन्छ

 

असार ८, पेरु । पेरुको कुस्को इलाकामा अपुरिमेक नदीमा एउटा यस्तो पुल छ, जसलाई हरेक वर्ष मर्मत गरिन्छ । साथै घाँसबाट बनेको डोरीले पुरानो पुलको ठाउँमा एक नयाँ पुल निर्माण गरिन्छ । 

यसलाई इन्का रोप ब्रिज भनिन्छ । किनकी सबैभन्दा पहिले यसलाई इन्का साम्राज्यको समयमा पुल बनाउन यो प्रविधि प्रयोग गरिन्थ्यो । 

null

मोटो डोरीको सहारामा हावामा झुोलिएको यस पुल हातले बुनिन्छ । यो पछिल्लो ६ सय वर्षदेखि मानिसको आवत जावतको साधन बनेको छ । 

इन्का नेटवर्कको एक हिस्सा इन्का साम्राज्यको शहर र कस्बो जोड्छ । यूनेस्कोले यसलाई २०१३ मा विश्व धरोहरको रुपमा घोषित गरेको थियो । 

 

पुरानो पुलको ठाउँमा नयाँ पुल बनाउने परम्परा वर्षौँदेखि चलिआएको छ । जसमा दुवैतिरका युवा जम्मा भएर घाँसबाट डोरी बनाउँछन् र पुललाई अर्कोतर्फबाट बुन्छन् । 

परम्परा अनुसार पुल बनाउने काममा पुरुषले मात्रै संलग्न हुन्छन् । महिला नदीको अग्लो ठाउँमा बसेर सानो सानो डोरी मात्रै बुन्छन् । 

कामको पहिलो दिन सबै पुरुषहरु पुलको छेउमा जम्मा हुन्छन्। उनीहरु सुरुमा छोटाछोटा डोरी बनाउँछन्। 

 

यिनै छोटा डोरी जोडेर लामो बनाइन्छ। यसरी बन्ने डोरीको मोटाई एक फुट जति हुन्छ। पातला र साना १२० डोरीको जोडाईबाट बनाइन्छ। 

यसका लागि स्थानीय बलियो घाँस ‘कोया इचु’ को प्रयोग गरिन्छ । यो घाँसलाई पहिला ढुङ्गाले पिटेर पानीमा सुकाइन्छ। जसकारण यो डोरी बन्न नरम र सहज हुने गर्दछ।  

यो समूहमा काम गर्नेलाई खान र खाजाको व्यवस्था समेत सामूहिक रुपमा नै गरिन्छ । जसमा चिकेन, गिनि बिग लगायतका स्वादिला भोजन र नदीमा मारिएको ट्राउट माछाको व्यवस्था गरिन्छ। 

 

नयाँ पुल बनाएपछि पुरानो पुलको डोरी काटेर नदीमा फालिन्छ ।  

६ वटा ठुला डोरीमा ४ डोरीले पुलको फ्लोरका रुपमा काम गर्दछ। अन्य दुई डोरी हातको साहारका लागि प्रयोग गरिन्छ। 

तेस्रो दिन यी मुख्य डोरीको पालतो डोरीले कसिलो बुन्ने काम हुन्छ। यो कामका लागि दक्ष ग्रामीण मानीश छानिन्छन जसलाई उचाईसँग डर नलाग्ने हुन्छ। 

 

यसरी हातको साथ लिने डोरी र भुईको हिड्ने डोरीबीच एक आपसमा बलियो गठजोड गरिन्छ जसले गर्दा मानीसहरु सुरक्षित रुपमा त्यसमा यात्रा गर्न सकून्। 

पुल बनाउने यो प्रक्रियाका कुनै पनि आधुनिक समान,उपकरण या मेसिनको प्रयोग गरिँदैन। 

 घाँस र मानिसको बलबाट यस्तो पुल बनाउन थालिएको ६ सय वर्ष भन्दा बढी भएको छ। यो दुई गाउँका मानिस यसैगरी निर्माण भएको पुलमा एक वर्षसम्म यात्रा गर्छन्। एक वर्षपछि पुनः नयाँ बनाउँछन्। 

 

केस्वाचाको पुल हरेक वर्ष यही प्रक्रिया अवम्लबन गरी चार दिनमा तयार गरिन्छ। पुल निर्माण भएको अन्तिम दिन अर्थात् चौथो दिन खाना र गीतसंगीत सहितको उत्सव मनाइन्छ। 

यो प्रायजसो जुन महिनाको दोस्रो आइतबार पर्ने गर्दछ। 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *