‘तेश्रो मिस एसईई स्टार’को उपाधि ओजस्वी काफ्लेलाई

जेठ २९, काठमाडौँ । भवानी इन्टरटेन्मेन्ट प्रा.ली.को आयोजना राष्ट्रिय नाचघर सम्पन्न भएको ‘तेस्रो मिस एसईई स्टार’को उपाधि ओजस्वी काफ्लेले हात पार्न सफल भएकी छिन् । उक्त मिस एसईई स्टारको फस्ट्र रन अप सम्पदा ढुङ्गाना, सेकेन्ड रन अप मुस्कान श्रेष्ठ र थर्र रन अप इसा भण्डारी भएकी छिन् । 

उपाधि पाएसँगै विजयीहरूलाई मङ्गलवार नै क्राउन, ट्रफी, बुकी, स्यास प्रदान गरिएको थियो । यस्तै विजेताहरूलाई कक्षा ११ र १२ अध्ययनका लागि पूर्ण छात्रबृद्धि, सिक्किम, दार्जिलिङ भ्रमण, र्याफ्टिङ्गमा सहभागी गराइने आयोजकले बताएको छ । 

उपाधि विजेता, फस्ट्र रन अप, सेकेन्ड रन अप, थर्र रनअपलाई क्रमशः गतवर्षकी विजेता सन्ध्या कोइराला, सुस्मिता श्रेष्ठ, यान सिटौला र चाँदनी थापाले क्राउन हस्तान्तरण गरेका थिए । 

null

यस्तै विभिन्न १५ विधामा प्रतिस्पर्धीहरूलाई सबटाईटल प्रदान गरिएको थियो । जसमा मुस्कान श्रेष्ठले मिस पपुलर एन्ड वेस्ट स्माईल, सम्पदा ढुङ्गानाले मिस फोटोजेनिक एन्ड मिस पंच्युअल, आकृति श्रेष्ठले मिस ट्यालेण्ट, सिम्रन अर्यालले मिस डिसिप्लिन, इसा भण्डारीले मिस कन्फिडेण्ट, स्वइच्छा महर्जनले मिस मल्टिमिडिया एन्ड व्युटी बित ब्रेन, परिन प्रधानले मिस स्टाइलिस एन्ड मिस क्यान वाक, नन्दनी शाहले मिस इन्टेलिजेन्ट, ओजस्वी काफ्लेले मिस फ्रेण्डली, लिज राईले मिस पर्सानिटी र सुम्निमा श्रेष्ठले मिस क्रियटिभको सबटाईटल उपाधि पाएकी छिन् । 

  

उक्त मिस एसईई स्टारको फाइनललाई दिनेश डि सिले कार्यक्रम सञ्चालकको भूमिका निर्वाह गरेका थिए भने निर्णायकमा सर्जन बिसी, रित्तीका खरेल, कृति भट्टराई, अमिश ढकाल, बाबुराम अर्याल र कोसिस क्षेत्री रहेका थिए । 

एसईई दिएका छात्राहरूको सुन्दरता र बौद्धिक क्षमताको उजागर गर्न मिस एसईई स्टारको आयोजना गरिएको भवानी इन्टरटेन्मेन्टका अध्यक्ष सोनितराज ढुङ्गेलले बताए । कोरियोग्राफर सगुन पाण्डेको मुख्य कोरियोग्राफीमा १ महिनासम्म प्रतिस्पर्धीहरूलाई वर्कसपमा सहभागी गराइएको थियो । सो पश्चात् मङ्गलवार ग्राण्ड फिनाले गरिएको अध्यक्ष ढुङ्गेल भन्छन् । असारको अन्तिम साताबाट भवानी इन्टरटेन्मेन्टकै आयोजनामा मिस एभरेस्ट नेपाल सिजन ३ को अडिसन सुरु गरिने अध्यक्ष सोनित राज ढुङ्गेलले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *