लण्डनको म्यूजियममा यस्तो बन्यो प्रियंका स्ट्याच्यू

 

असार ५, काठमाडौँ । भारतकी चर्चित तथा लोकप्रिय नायिका प्रियंका चोपडाको स्ट्याच्यू लण्डनको म्याडम तुसाद मा राखिएको छ । 

मंगलबार लण्डनको म्याडम तुसादमा राखिएको उनको गोल्डेन गाउन लगाएको स्ट्याच्य हेर्दा लाग्छ कि उनी स्वयम् त्यहाँ उभीरहेकी छिन् । 

null

म्याडम तुसादमा केही दिन अघी मात्र उनको स्ट्याच्यू त्यहाँ राखिए पनी विश्वका विभिन्न संग्राहलयमा उनको स्ट्याच्यू सजिलै भेट्न सकिन्छ । अमेरिकाको न्यूयोर्कदेखि सिंगापुरमा रहेको म्याडम तुसादमा उनको स्ट्याच्यू राखिएको छ । 

 

उनको यो स्ट्याच्यू सन् २०१७ मा उनले लगाएको गोल्डेन ग्लोबस लुकबाट बनाईएको हो । 

हालसालै हलिउड गायक निक जोनसँग बिवाह बन्धनमा बाँधीएकी नायिका प्रियंका यस स्ट्याच्यूको उद्घाटन हुँदा उनी लण्डनमा उपस्थित भने थिइनन् । 

विश्वमै पर्यटकिय दृष्टिकोण प्रख्यात लण्डनको म्याडम तुसादमा बिभिन्न बलिउड र हलिउडका चर्चित कलाकारको स्ट्याच्यू राख्ने गरिन्छ । यस म्यूजियममा पुग्ने अधिकांश व्यक्तीले बलिउड तथा हलिउडका यी हस्तीहरुसँग फोटो खिचाएर आफ्नो मनलाई सन्तुष्टी पार्ने गर्दछन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *