बलिउडका किंग खान आखिर के कारणले भए बेरोजगार ?

 

असार ९, भारत ।  बलिउड फिल्म अभिनेता शाहरुख खानले आफू आजकाल बेरोजगार भएको स्विकारेका छन् । शाहरुख खानले एक अन्तरवार्तामा यतिबेला आफूसँग कुनै फिल्म नभएको जानकारी दिएका छन् । शाहरुख खानको पछिल्लो फिल्म जिरो थियो जुन बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो । 

 यसअघि शाहरुखलाई थुप्रै फिल्मको प्रस्ताव आएको विभिन्न खबरलाई उनले खण्डन गरेका छन् । पछिल्लो पटक उनले कट्रिना कैफसँग सत्ते पे सत्ताको रिमेकमा अभिनय गर्ने खबर आएको थियो । 

null

टाइम्स अफ इन्डियाका अनुसार शाहरुखले यो खबरलाई पनि खण्डन गर्दै आफू कुनै पनि फिल्ममा तत्काल अनुबन्ध नभएको बताएका छन् । 

शाहरुखले यसअघि फिल्ममा तत्काल काम गर्न मनले नै नमानिरहेको जानकारी दिएका थिए । तत्काल काम गर्नुको साटो फिल्म हेर्न, कथाहरु सुन्न र धेरैभन्दा धेरै किताब पढ्न चाहेको उनले बताएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *